Saturday, July 27, 2024

कञ्चनपुरका पत्रकार धामी सहित दुई जनालाई कर्ण बोहरा पत्रकारिता पुरस्कार

प्रकाशित:

महेन्द्रनगर । सुदूरपश्चिमका दुुई जना पत्रकार कर्ण बोहरा स्मृती पत्रकारिता पुरुस्कारका लागि छनौट भएका छन । प्रेस चौतारी सुदूरपश्चिम प्रदेश कमिटिले यस वर्ष देखि स्थापना गरेको उक्त पुरुस्कार कञ्चनपुरका पत्रकार सुरेश धामी र अछामकी पत्रकार कल्पना बोहराले पाउने भएका हुन ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

हरेक वर्ष प्रेस चौतारी नेपालको स्थापना दिवशका अवसरका दिन दिने गरी स्थापना भएको उक्त पुरुस्कार यसपाली भने केही ढिलो भएर दिईने प्रदेश समितिका अध्यक्ष कृष्ण ओलीले बताए ।

प्रेस चौतारी नेपाल सुदूरपश्चिम प्रदेश समितिले केन्द्रिय सचिव तथा सुदूरपश्चिम ईञ्चार्ज लोग्शरी कुवरको अध्यक्षतामा पत्रकारहरु दिलबहादुर छत्याल, राजेन्द्र नाथ, राजेन्द्र धामी र बसन्त प्रताप सिह सदस्य रहेका पुरुस्कार छनौट समिति गठन गरेको थियो ।

धामी कञ्चनपुरबाट प्रकाशित हुने अपी टुडे दैनिकका प्रकाशक सम्पादक हुन भने उनी प्रेस चौतारीका पुर्व अध्यक्ष पनि हुन । बोहरा विगत एक दशक देखि अछाममा रहेर पत्रकारिता गर्दै आएकी छिन । उनी रेडियो जनप्रीय एमएमकी सम्पादक हुन भने प्रेस चौतारी नेपाल अछाम शखाकी उपाध्यक्ष पनि हुन ।

ताजा समाचार

सम्बन्धित समाचार