Sunday, May 12, 2024

काण्डै काण्डका बिनु शाहीका १५ महिना: यस्ता छन् काण्ड, एसपीको विश्वास पात्र भएको आरोप*

प्रकाशित:

धनगढी । नेपाल राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्ज काठमाडौबाट कञ्चनपुर जिल्ला प्रहरीमा कार्तिक २०७९ बिनु शाही हाजिर भईन। उनी जिल्ला प्रहरी कार्यालय कञ्चपुरमा मुद्धा शाखामा छिन् । उनका १४ महिना कान्ड कान्डैमा वितेका छन् । सीनियर प्रहरी अधिकृतहरुलाई पाखा लगाउदै जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख एसपी कमल थापाको *विश्वास पात्रको रुपमा रहेकि उनी  सुरक्षा र सेवा भन्दा बढि विवादित हुने गरेकी छन ।

काण्ड एक: कञ्चनपुर प्रहरीद्वारा पत्रकार नाथ र कुँवरमाथि हतकडि

कञ्चनपुर प्रहरीले तस्करी नियन्त्रणका नाममा सर्वसाधारण जनतालाई मात्रै होईन अहोरात्र जनताको हक अधिकारका लागि खटिने पत्रकारलाई समेत समात्दै थुन्दै गरेको छ । अघिपछि प्रहरीका पक्षमा समाचार नलेखेको र प्रहरी बिरुद्धमा समाचार लेखेको प्रतिशोध साँध्ने गरी यस पटक कञ्चनपुर प्रहरीले दुई पत्रकारमाथि ज्यादती गरेको छ ।

मंगलबार साँझ सुकासाल क्षेत्रमा प्रहरी र क्यारिङ्गकर्ता समुहविच भईरहेको लफडामा समाचार संकलन गर्न घटना स्थल पुगेका पत्रकार राजेन्द्र नाथ र ऐश्वर्या कुवरलाई जंगीशैलीमा पक्राउ गरेर जिल्ला पु¥याएको घटनाले कञ्चनपुर प्रहरी पत्रकारको सुरक्षा भन्दा धम्काउने धरकपट गर्न उद्यत भएको देखिन्छ ।

नेपाल पत्रकार महासंघ बैतडी शाखाका पुर्व अध्यक्ष समेत भईसकेका पत्रकार नाथले घटना स्थलको फोटो खिच्ने क्रममा प्रहरीले पत्रकार हुँ भन्दाभन्दै मोवाईल थुतेर सिधै प्रहरी भ्यानमा राखेर जिप्रका पु¥याएका थिए । विगतमा कान्तिपुर दैनिकको डेस्कमै काम गरेका हाल सीमारेखाडटकमका पत्रकार नाथमाथि प्रहरी निरीक्षक सिताराम विष्टले पत्रकार हुँ भन्दाभन्दै फोटो किन खिचेको, कसको अनुमती भन्दै जंगीशैलीमा पक्राउ गरेको पत्रकार नाथले बताए ।

‘म दोधाराचाँदनीबाट रिर्पोटिङ्ग गरेर महेन्द्रनगर अफिस फर्किदै थिए, सुकासालमा कुनै भिडभाँड थियो, ‘उनले भने, ‘के रहेछ, भनेर स्कुल बार्किङ्ग गरेर घटनाको फोटो खिच्दा प्रहरी निरीक्षक सिताराम विष्टले शुरुमै मोबाईल खोसेर पत्रकार हुँ भन्दाभन्दै नभए तपाईको माथिल्लो अफिस वा पत्रकार महासंघका पदाधिकारीलाई सोध्नुहोस भनेर अनुनय विनय गर्दा समेत कुरा सुन्दै नसुनेर पक्राउ गरेर जिप्रका ल्यायो ।’ जबकी संकटकालमा समेत प्रहरीले पत्रकार नाथसंग यस्तो दुव्र्यवहार ज्यादती गरेको थिएन । पत्रकार नाथको स्कुटी घटना स्थलमै थियो ।

जबरजस्ती गुण्डाशैलीमा पत्रकार हुँ भनिरहेका नाथलाई गाडीमा अपमानशैलीमा हुलेर प्रहरी कार्यालय पु¥याएपछि प्रहरी प्रवक्ता प्रकास डाँगीले किन रु पत्रकारलाई ल्याउनुभयो भन्दै घटना स्थलमै पु¥याएका थिए।
पत्रकार नाथसंगै प्रहरी निरीक्षक विष्ट र जिल्ला प्रहरी नेतृत्वले माफि समेत मागेका थिए । पत्रकार नाथ लगत्तै घटना स्थल पुगेकी अर्की महिला पत्रकारमाथि पनि प्रहरीले ज्यादती गरेको छ । आभाषकुञ्ज दैनिकी पत्रकार ऐश्वर्या कुँवर पनि घटनाको फोटो र भिडियो बनाईरहेका बेला उनीमाथि प्रहरीले धरकपट गरेको छ ।

काम सकेर घर फर्किने क्रममा पत्रकार कुँवरले सुकासाल क्षेत्रमा प्रहरी र क्यारिङ्गकर्ताविच लफडा भईरहेको घटना बारे रिर्पोटिङ्गकै सिलसिलामा घाईते प्रहरीको नाम सोध्ने क्रममा प्रहरीले यो पनि बढि बोलिरहेकी छे भन्दै जंगीशैलीमा पक्राउ गरेर जिप्रका ल्यायो । जिप्रका पु¥याएर मेडिकल गराएर हिरासतमा पु¥याईयो । केही बेरमा पत्रकार महासंघ कञ्चनपुरका सचिव राजेन्द्र प्रशाद अवस्थी नेतृत्वको टोलीले पत्रकार कुँवरलाई जिम्मा लिएर आएका थिए ।

घटना सोही पत्रकार राजेन्द्र नाथले पत्रकार हुँ भन्दाभन्दै काड नभएको निहुँ बनाएर प्रहरीले पक्राउ गरेर ल्यायो, तर ति महिला पत्रकारसंग कार्ड हुँदाहुँदै पक्राउ गरेर ल्याएको घटनाले प्रहरीको तर्फ आफै विवादित बनेको छ । घटनाको पत्रकार संघ संगठनले भत्र्सना जाहेर गर्दै पत्रकारद्वय नाथ र कुँवरमाथि अपमानशैलीमा पक्राउ गर्ने मनोबल गिराउने कार्यमा संलग्न जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख कमल थापा, प्रहरी निरीक्षकद्वय सिताराम विष्ट र बिनु शाहीलाई कार्बाहीको माग अघि सारेका छन । नेपाल पत्रकार महासंघ, प्रेस सेन्टर नेपाल, प्रेस चौतारी र प्रेस यूनियनले घटनाको घोर भत्र्सना जाहेर गर्दै दोषि प्रहरीमाथि कार्बाहीको माग अघि सारेका छन ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रमुख कमल थापाले तस्कर समुहसंग झडप हुँदा पत्रकार राजेन्द्र नाथमाथि प्रहरीबाट त्रृटी भएर सोही दिन माफि मागिसकेको बताए । तर, महिला पत्रकारको व्यवहारले पक्राउ गरिएको बताए । ‘हाम्रो कुनैपनि पत्रकारलाई पक्राउ गर्नु साँगठानिक म्याण्डेड होईन, ‘उनले भने, ‘हुलहालमा केही प्राविधिक समस्या आए ।’ कञ्चनपुर प्रहरीले यस अघि विकल्प दैनिकका पत्रकार रवि विवसलाई समेत गल्ली ४मा अलकत्रा आगजनी भएको स्थलमा रिर्पोटिङ्गमा गएका बेला बढि बोलिरहेको भन्दै पक्राउ ग¥यो, त्यसपछि माउण्टेन टिभीका पुर्व पत्रकार पुष्कर भट्टलाई समेत पक्राउ गरेको घटनापछि पत्रकारद्वय नाथ र कुँवरलाई धरकपट गर्ने गरी पक्राउ गरेको घटनाले प्रहरीका गतिबिधी नै शंकास्पद भईरहेको आलोचना भईरहेको छ ।

सार्वजनिक विषयबस्तुमा पत्रकार होईन नागरिक समेत फोटो लिनेदेखि भिडियो बनाउन पाउँछन, तर पत्रकार नै कुनै घटनाको फोटो र भिडियो लिने क्रममा यसरी प्रहरीबाट उसको पेशामा अवरोधदेखि दादागिरीशैलीमा पक्राउ गर्ने कार्यबाट प्रहरी आफै अपरादर्शी काममा संलग्न भएको पुष्टी हुन्छ ।अहिले तस्करी नियन्त्रणका नाममा मालिकको समान ओसार्ने महिला रोकेर विवाद भएका बेला पत्रकार पुग्दा तिनै पत्रकारलाई पक्राउ गरेर जिप्रका पु¥याउने कार्य कतै बार्किनिङ्ग त थिएन, भन्ने थप स्थानीय नागरिकको समेत आशंका गरेका छन ।
काण्ड दुई : जिप्रका भित्रै जवानमाथि ज्यादती गर्छिन इन्सपेक्टर शाही

कञ्चनपुरमा प्रहरी अधिकृतबाट जवानहरुले बिनाकारण सास्ती तथा ज्यादती भोग्नु परेका घटना बाहिरिन थालेका छन् । स्थलगत रिर्पोटिङमा रहेका पत्रकारहरुमाथि दुई जना प्रहरी अधिकृतहरुले कुटपिट गर्दै उक्राउ गरेको घटनालाई लिएर पत्रकार महासंघ लगायतका प्रेस संगठनहरुले कार्बाहीको माग गरेपछि प्रहरी जवान माथि नै भइरहेको दमन तथा ज्यदतीका घटनाहरुले समेत ठाँउ पाएका छन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा कार्यरत प्रहरी निरीक्षक बिनु शाहीले प्रहरी जनाव तथा कर्मचारी माथी ज्यादती गर्ने गरेको स्रोतको दावि छ । प्रहरी अधिकृत शाहीले आफुभन्दा तल्लो दर्जामा रहेका सिपाही, हवलदार लगायतका प्रहरी तथा कर्मचारीहरुलाई शाररीक तथा मानसिक रुपमा समेत टर्चर गर्ने गरेको स्रोतको भनाई छ । प्रनि बिनु शाही जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको महिला सेलकी संयोजक हुन । स्रोतका अनुसार प्रनि शाहीको कमान्डीङमा डियुटीमा खटिदा सार्बजनिक ठाउँमा सहित प्रहरी जवान लगायत कर्मचारीहरुलाई ठाडो भाषा प्रयोग गर्दै गालिगलौच, अशिष्ट व्यवहार भोग्नु पर्छ ।

प्रनि शाहीले अधिकृत भन्दा तल्लो दर्जाका प्रहरीलाई नियतबस दुःख तथा पिडा दिने केहि दिन अघिको एउटा प्रतिनिधि घटना छ । नाम नखोल्ने सर्तमा एक जना प्रहरीले भने,‘प्रहरी हिरासतमा रहेका थुनुवाहरुका लागि चुरोट, सुर्ती, गुट्खा लगायतका वस्तु पु¥याउनबाट रोक्दा प्रनि शाहीले हामीलाई सबैको सामुन्ने सजाय दिलाए ।’ उनले भने–‘तर प्रनि बिनु शाहीले थुनुवामा रहेका थुनुवाहरुलाई नियम विपरित चुरोट,सुर्ती गुट्खा समेत लिन दिन आदेश दिने गरेकी छन्, रोक्दा उल्टै कार्बाही र सजाय भोग्नुपर्छ ।नियम विपरित किन जानु हुन्छ, भन्दा उल्टै ति प्रहरी कर्मचारीलाई सबैको अगाडि घोफ्टो पारेर सजाय दिएको दिइन्छ ।’ नाम गोप्य राख्ने सर्तमा उनले निगरानी खबरलाई बताए ।

काण्ड तिन: कञ्चनपुरमा पुलिस थुनाभित्रै कुटिन्छन् थुनुवा ! इन्सपेक्टर बिनुको गोलमटोल जवाफ
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको थुनुवा कक्षभित्रै झै झगडा हुने गरेका घटना बाहिरिएका छन्। थुनुवाले नै अर्का थुनुवा कुट्दासमेत बाहिर भएका प्रहरी हेरेर बस्ने गरेको खबर बाहिरिएको हो। यही पुस २१ गते लागुऔषध मुद्दामा पक्राउ परेका सन्जय थापामाथि अर्का थुनुवा हरिश भट्टले कुटपिट गरि घाइते बनाए।

उनले थापाको दात नै हल्लिने गरि कुटेको, छाती र खुट्टामा पनि चोट लागेको उनका बुवा बताउँछन्। लागुऔषध मुद्दामा नै पक्राउ परेका हरिश भट्टले भित्रै त्यस्तो दादागिरी गर्दासमेत प्रहरीले केही नगरेको पीडितका बुवाको गुनासो छ।उनले छोरा कुटिएको घटनाबारे बुझ्दा मुद्दा शाखाकी प्रहरी निरीक्षक(इन्सपेक्टर) बिनु शाहीले गोलमटोल जवाफ दिएको बुवाले बताए। शाहीले भित्र भएको कुटपिटबारे प्रहरीले थाहा नै नपाएको जवाफ दिइन्। ‘बाहिर हतियार बोकेका प्रहरी हुन्छन्। भित्र त्यत्रो झगडा भएको थाहा हुन्न र ? ‘ सन्जयका बुवाले प्रश्न गरे ।

उक्त घटना मात्रै होइन, पुस २३ गते अर्का थुनुवा दिपेन्द्र पाल पनि कुटिएका थिए। वैवाहिक बलात्कार मुद्दामा तीन सातादेखि प्रहरी हिरासतमा राखिएका पाल अहिले पनि घाइते छन्। सोमबार मध्यान्ह झगडा भएपछि घाइते पालको महाकाली प्रादेशिक अस्पतालमा उपचार गरिएको थियो। उनको ओठमा पाँच टाँकासम्म लगाइएको बताइन्छ। अस्पतालमा उपचारपछि उनलाई फेरि हिरासतमा राखिएको छ।

यस्ता लफडा भएर धमाधम थुनुवा घाइते हुँदा पनि प्रहरी भने मूकदर्शक भएर बसिरहने आरोप लागेको छ। तर, थुनुवा कक्ष सुरक्षार्थ खटिएका प्रहरी नभएको बेला झगडा भएको र लगत्तै प्रहरीले स्थिति नियन्त्रणमा लिएको प्रहरी दाबी गर्छ।
यी घटनामा राष्ट्रिय मानव अधिकार आयोगले पनि चासो देखाएको छ। राष्ट्रिय मानव अधिकार आयोगको केन्द्रीय कार्यालय र सुदूरपश्चिम प्रदेश कार्यालयले जिल्ला प्रहरी कार्यालयलाई सत्यतथ्य जानकारी पठाउन निर्देशन दिएको बुझिएको छ।

काण्ड चार: इन्सपेक्टर ‘बिनु’को अर्कोकाण्डः ज्यादती भएपछि जवानको ‘रिजाइन’, *एसपी थापाको विश्वास पात्र भएको आरोप
कञ्चनपुर प्रहरीकी ‘विवादित’ इन्सपेक्टर बिनु शाहीका कारण एक प्रहरी जवान मर्नु न बाँच्नुको हालतमा पुगेका छन्। बाजुरामा कार्यरत प्रहरी जवान नरेन्द्र नाथ (नवीन) यस्तो हालतमा पुगेका हुन्। इन्सपेक्टर शाहीले आफ्नो सामाजिक र पेसागत जीवनसहित इज्जत धुलोमाटो पार्ने गरि पीडा दिएको नाथले महेन्द्रनगरपोष्टलाई जानकारी दिए। इन्सपेक्टर शाहीको पीडाले आफूले जागिरबाटै हात धोएको पनि नाथले बताए। शाही जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा कार्यरत मुद्दा शाखा हेर्ने प्रहरी निरीक्षक हुन्।

तिनै इन्सपेक्टर शाहीले आफूलाई यातना दिने गरेको नाथ बताउँछन्। उनकै कारण आफूले जागिर छोड्नसमेत बाध्य भएको बताए। ‘बिनाकारण मलाई यातना दिएको छ। जागिर छोड्न दबाब आइरहेको थियो,’ उनले भने, ‘जागिर नछाडे अभद्र व्यवहार वा जबर्जस्ती करणीको मुद्दा चलाउँछु भनेर दबाब दिएकी छन्।’ बिनुको यातना सहन नसकेर आफूले राजीनामा समेत दिएको उनको भनाइ छ। बाजुरामा कार्यरत रहेका उनी बिदामा महेन्द्रनगर आएको बेला यातना खेप्नुपरेको र त्यसपछि राजीनामा दिएको नाथको भनाइ छ।
उता, बाजुराका डीएसपी कबिन्द्र बोहराले राजीनामा आएको र स्वीकृतीका लागि प्रदेश प्रहरी कार्यालय सुदूरपश्चिम पठाइएको बताए।

इन्सपेक्टरको जवानमाथि यस्तो ज्यादती
राजीनामा दिएका जवान नाथका अनुसार उनी गड्डाचौकीमा कार्यरत थिए। त्यहीँ बेला कञ्चनपुर प्रहरीको सुरक्षा कमाण्ड चेन्ज भएसँगै सीमाको प्रहरी पनि हेरफर गर्ने कुरा भयो। सोही समयमा प्रहरी जवान नाथलाई गड्डाचौकीबाट जिप्रकामा तानियो। त्यतिखेर आफूलाई गड्डाचौकीमा राख्न भनेर प्रहरीलाई दबाब दिएको आरोप लागेको उनी बताउँछन्। तर, आफूले कोही कसैलाई केही नभनेको र बिना कारण गलत आरोप लगाइएको उनको दाबी छ।

त्यसपछि केही समय उनी जिप्रकामा बसे। त्यसपछि उनको बाजुरा सरुवा भयो। हाल बाजुरामा कार्यरत उनी केही समयअघि बिदामा कञ्चनपुर महेन्द्रनगर आएका थिए। पारिवारिक समस्याको कारण कञ्चनपुर प्रहरीबाट उनले बिदा थपे। सँगैका साथीहरूले कति दिनको बिदा थप भयो बुझ्न जाउँ जिप्रकातिर भनेर उनलाई जिप्रका कञ्चनपुर लगे।
जिप्रका कञ्चनपुर परिसरमा पुग्ने बितिक्कै उनी र उनका साथी र दुई जना अन्यलाई प्रहरीले नियन्त्रणमा लियो। मुद्दा शाखामा उनीहरूमाथि चेकजाँच भयो।

मोबाइल समेत थुतियो। गुट्खा खाने बानी परेका उनीसँग खल्तीमा गुट्खा थियो। र, प्रहरीले उनलाई कैदीलाई गुट्खा दिन आएको भन्दै थुन्यो।२४ घण्टा थुनेर पठाइदेलान् भन्ने सोचमा थिए, उनी। तर, अरू तीन जनालाई छोड्दा उनीमाथि यातना सुरु भयो। एसपी साप आएपछि छोड्दिन्छु भन्ने इन्सपेक्टर शाहीको आश्वासन पाएका उनलाई छोडिएन्। बरु दुई नम्बर सेलबाट तीन नम्बरमा सारियो। त्यसपछि अर्को दिन राति साढे ८ बजेतिर उनलाई भोलिपल्ट बिहान १० बजे पुग्ने गरि तारिखमा छोडियो। थुनामा पनि इन्सपेक्टर शाहीले प्रहरीबाट चरम यातना दिलाएको नाथको आरोप छ। त्यसपछि भोलिपल्ट पनि नाथ जिप्रका पुग्दा उनको स्वास्थ्य परिक्षण समेत गरियो।

जिप्रकाभित्र उनीमाथि अत्याचार भयो। इन्सपेक्टर शाहीकै कारण आफ्नो कानको जाली समेत फुटेको उनले सुनाए। शाहीले भित्रका थुनुवालाई समेत चरम यातना दिएको नाथ बताउँछन्। उनी भन्छन्, ‘भित्र थुनुवालाई यति कुटेको छ कि, मेरो पनि कान फुटेको छ। गल्फ एक सातासम्म सुन्निएको थियोे।’ उनलाई थुनेको कुरा माथिल्लो प्रहरीसम्म पुग्यो। तर, त्यतिबेलासम्म शाहीले कुरा लगाइसकेकि थिइन्।‘मैले केही भनेकै थिएन।

केही सीप नचलेपछि इन्सपेक्टर सापले उल्टै एसपी सरलाई यो शाहीको एसपी सरसँग अवाञ्छित सम्बन्ध छ भनेर भन्यो भन्ने आरोप लगाउनु भएछ। त्यहाँ पनि उहाँले मेरोविरुद्ध कुरा लगाएर एसपी सरले पनि नभएको कुरा गर्छस् भनेर रिसाउनु भयो,’ उनले भने। त्यसपछि आफू आजित भएको राजीनामा दिई घर बसेको नाथको जिकिर छ। तत्कालीन समयमा बाजुरामा कार्यरत हुँदा समेत शाहीले आफ्नो बारेमा नानाथरी कुरा लगाउँदा बाजुरामा समेत दुख पाएका उनी बताउँछन्।

आफूमाथि भएको ज्यादतीबिरुद्ध प्रदेश प्रहरी कार्यालयमा पुग्दा समेत न्याय नपाएर राजीनामा दिएको उनले सुनाए। उता, जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक तथा प्रवक्ता प्रकाश डाँगीले प्रहरी जवान नाथलाई थुनेर यातना दिएको विषय आफूलाई जानकारी नभएको बताए। डीएसपी डाँगीले ती प्रहरी उजुरी ल्याएर प्रहरीकोमा आए थप जाँचबुझ गरेर दोषीलाई कारबाही गर्ने बताए। इन्सपेक्टर शाही केही समय अगाडि पनि विवादमा आएकी थिइन्। त्यसबेला पनि उनलाई कसैले केही नगरी घटना सामसुम भएको थियो। (साभार: महेन्द्रनगरपोष्टडटकम)

*माथि उल्लेखित समाचार शिर्षकमा “विश्वास पात्र “हुनुपर्नेमा अन्यथा भएकाले केहि शब्दावलीहरु पुर्नलेखन गरिएको छ । प्र.नि शाहीको व्यक्तिगत पहिरनको तस्विर हटाई प्र.नि.को पोसाक सहितको फोटो राखिएको छ ।–सम्पादक

 

 

ताजा समाचार

सम्बन्धित समाचार