दोधारा चाँदनी– ५ वडा कार्यालय दियो वालवालिकालाई खेल सामग्री

प्रकाशित:

दोधारा दोधारा चाँदनी– ५ वडा कार्यालयले वालवालिकाहरुलाई खेल सामग्री बितरण गरेको छ् । दोधारा चाँदनी नगरपालिका– ५ वडा कार्यालयको सहयोगमा बस्तीमा रहेका वालवालिकाहरुलाई खेल सामग्री बितरण गरिएको हो । दोधारा चाँदनी नगरपालिका– ५ का वडाध्यक्ष केशव खत्रीले खेलमा रुची भएका वालवालिकाहरुलाई वडा कार्यालयमा बोलाएर भलिवल तथा नेट बितरण गरेका जनाएका छन् ।

खेलमा ईच्छुक भएका वालवालिकाहरुको माँग बमोजिम उनिहरुलाई उनिहरुलाई खेल सामग्री बितरण गरिएको वडाध्यक्ष केशव खत्रीले बताएका छन् । ईन्द्र मध्यवर्ती सामुदायिक बन नजिकका बस्ती तथा बिष्ट टोलमा रहेका वालवालिकाहरुलाई एक–एक थान भलीवल तथा नेट बितरण गरिएको वडाध्यक्ष केशव खत्रीले बताएका छन् ।

वडामा बसोबास गर्दै आएका वालवालिकाहरुलाई खेल क्षेत्रमा आकर्षण बढाउन तथा खेलको माध्यमबाट कुलतबाट जोगाउने उद्धेश्यले खेल सामग्री बितरण गरिएको वडा कार्यालयले जनाएको छ् । लेख समाग्री प्रदान गर्दै सुजल सुनारले आफुहरुलाई भलिवल खेलको लागी नेट र भलिवल नभएको कारण भलिवल खेल्न समस्या भएको बताउदै वडा कार्यालयले प्रदान गरेको खेल सामग्रीले आफुहरुलाई भलिवलको अभ्यास गर्न निकै सहज भएको बताएका छन् । खेल सामग्री प्राप्त गरे संग वालवालिकाहरुले वडाध्यक्ष केशव खत्री र उनका टिमलाई धन्यबाद दिएका छन् ।

ताजा समाचार

सम्बन्धित समाचार