महेन्द्रनगर । तेस्रो मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताका मिडिया संयोजक नवराज भट्टको मोटरसाइकल शुक्रबार खुला मञ्चबाट चोरी भएको छ ।

सेमिफाइन खेल चलि रहेका बेला खुला मञ्चको पार्किङ्गमा राखिएको भट्टको म २ प ६२६१ नम्बरको प्लाटिना मोटरसाइकल चोरिएको छ ।

पार्किङ्गमा मोटरसाइकल राखेर भट्ट खेल स्थलमा काम व्यस्त थिए । उनी दिउँसो ३ बजे पार्किङ्ग स्थल आउन अघि नै मोटरसाइकल चोरिएको हो ।

‘चाबी त मसित नै थियो, पार्किङ्ग स्थलमा आएर हेरे, भेटेन’ उनले भने । भट्टले मोटरसाइकल चोरीएको उजुरी ट्राफिक प्रहरी कार्यालयमा दिएका छन् ।


