Saturday, July 27, 2024

तेस्रो मुख्यमन्त्री राष्ट्रिय भलिबल प्रतियोगिता विभागिय सहित गण्डकी सेमिफाईनलमा

प्रकाशित:

महेन्द्रनगर । महेन्द्रनगरको खुला मञ्चमा संचालित भईरहेको तेस्रो मुख्यमन्त्री पुरुष राष्ट्रिय भलिबल प्रतियोगितामा तीन विभागिय टिम सहित गण्डकी प्रदेशको टिम सेमिफाईनलमा पुगेको छ ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

सुदूरपश्चिम खेलकुद परिषद्को आयोजना एव जिल्ला भलिबल संघ कञ्चनपुरको प्राविधिक सहयोग सहयोगमा आईतबारदेखि शुरु भएको मुख्यमन्त्री राष्ट्रिय भलिबल प्रतियोगितामा विभिन्न लिक चरणका प्रतियोगिता जित्दै नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाको विभागिय टिम सहित गण्डकी प्रदेशको टिम सेमिफाईनलमा प्रवेस गरेको हो । यो संगै अब शुक्रबार तीन विभागिय र गण्डकी टिमविच सेमिफाईनलका प्रतियोगिता हुनेछन । बिहीबार सम्पन्न भएको लिक चरण प्रतियोगितामा नेपाली सेनाको त्रिभुवन आर्मीसंग प्रहरीको नेपाल पुलिस क्लबले जितेको छ । प्रहरीले सेनालाई सोझो तिन सेटले जितेको हो ।

प्रहरीले लगातार ती सेट जितेको थियो । २५, २५, २५ अक ल्याउँदा आर्मीले २०, २३ र ११ अंक ल्याएको थियो । यस्तै गण्डकी प्रदेशलाई सशस्त्र प्रहरीको एपिएफ क्लबलाई ३०, २५ र २५ अंक ल्याएर जितेको छ । भने गण्डकीले २८, २२ र २१ ल्याएको थियो । सशस्त्र प्रहरीले समेत गण्डकीलाई लगातार तीन सेटले जितेको थियो ।

जिल्ला भलिबल संघ कञ्चनपुरका सचिव उत्तम विष्टले लिग चरणका प्रतियोगिता सम्पन्न भएको र शुक्रबारदेखि सेमिफाईनलका प्रतियोगिता हुने बताए । सचिव विष्टका अनुसार नेपाल पुलिस क्लबसंग गण्डकी र आर्मीसंग एपिएफको टिमविच प्रतिस्पर्धा हुनेछ । सुदूरपश्चिम खेलकुद परिषद्का सदस्य सचिव दिपक बहादुर सिहले क्षेत्रको खेलकुद बृद्धि विकासका लागि कञ्चनपुर रोजेको बताए । उनका अनुसार प्रतियोगिता विजेता टिमलाई नगद ४ लाख, उप विजेतालाई दुई लाख र तेस्रो हुने टिमलाई एक लाख नगद सहित ट्रफि, मेडलका साथै प्रमाण पत्र प्रदान गरिनेछ ।

चौथो हुने टिमलाई सान्त्वना स्वरुप ५० हजार नगद पुरस्कार समेत प्रदान गरिनेछ । सेमिफाईनल खेलमा पाँच हजारका दरले म्यान अफ म्याचको पुरस्कार, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई २० हजार, विभिन्न उत्कृष्ट ६ विद्याका खेलाडीलाई जनही १०÷१० हजारका दरले पुरस्कार प्रदान गरिने छ । भलिबलका बरिष्ठ प्रशिक्षक जगदिश भट्टले लामो समयपछि महेन्द्रनगरमा भईरहेको राष्ट्रिय स्तरको प्रतियोगिताले भलिबलको बृद्धि विकासका साथै आन्तरिक पर्यापर्यटजनमा प्रर्बद्धन भईरहेको बताए । जिल्ला भलिबल संघ कञ्चनपुरका अध्यक्ष श्याम सिह मौनीले दैनिक हजारौँ दर्शकले भलिबल अवलोकन गरिएको बताए ।

अध्यक्ष मौनीका अनुसार विद्यार्थी सहुलियतदेखि सिजनल टिकेट अनुरुप प्रतियोगिता अवलोकन भईरहेको छ । कञ्चनपुर खेलकुद समितिका उपाध्यक्ष कैलाशचन्द्र गिरीले केही समय अघि कञ्चनपुरमा पालिका स्तरिय राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता र अहिले मुख्यमन्त्री राष्ट्रिय भलिबल प्रतियोगिता र केही समयपछि जिल्ला स्तरिय राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिताले जिल्ला खेलकुदमयी भईरहेको बताए । २० माघसम्म संचालन हुने प्रतियोगिताको दैनिक हजारौँ दर्शकले अवलोकन गरिरहेका छन ।

 

ताजा समाचार

सम्बन्धित समाचार