Saturday, July 27, 2024

कञ्चनपुरमा करेन्ट लागेर एक जनाको मृत्यु

प्रकाशित:

महेन्द्रनगर कञ्चनपुरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। जिल्लाको पुनर्वास नगरपालिका वडा नम्बर ३, आईबीआरडीमा पोलमा तार विस्तार गरिरहेका एक कामदारको करेन्ट लागेर मृत्यु भएको हो।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

बुधवार बिहान ११ हजार भोल्टको करेन्ट लागेर ३२ वर्षीय राधेश्याम रानाको मृत्यु भएको छ। अस्थायी प्रहरी पोस्ट आईबीआरडीको नजिक पुनर्वास नगरपालिका वडा नम्बर १ पुरैनाका रानाको मृत्यु भएको हो।

काम भईरहेको क्षेत्रको ट्रान्सफर्मरबाट ठेकेदार कम्पनीका कर्मचारीले विधुत कटौती गरि काम सुरु गरेका थिए। तर, १५ मिनेट पछि एक्कासि विधुत सुचारु हुँदा उनी पोलबाट खसेका हुन।

घाइते भएका रानाको उपचारका क्रममा माया मेट्रो हस्पिटल धनगढीमा मृत्यु भएको बिधुत वितरण केन्द्र बेलौरीका प्रमुख टंकराज गिरीले बताए। सो क्षेत्रमा विद्युत् स्तरवृद्धिको काम जारी छ। पूर्णागिरी कन्स्ट्रक्सन प्रालिले नेपाल विधुत प्राधिकरणबाट ठेक्का लिई लाईन स्तरवृद्धिको काम गर्दैछ।

ताजा समाचार

सम्बन्धित समाचार