Saturday, July 27, 2024

सहिद दिवसको अवसरमा रामजानकी मन्दिरमा सरसफाई

प्रकाशित:

झलारी । सहिद दिवसको अवसरमा शुक्लाफाँटा नगरपालिका–११ को धार्मिक पर्यटन क्षेत्र राम जानकी मन्दिरमा सरसफाई गरिएको छ ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

नेपाली कांग्रेसको समुदायमा कांग्रेस अभियान अभियान अन्र्तगत सुन्दर शुक्लाफाँटा नगर, स्वच्छ सफा राख्ने हामी सवैको रहर, भन्ने मुल नाराका साथ नेपाली कांग्रेस शुक्लाफाँँटा नगरपालिका वडा नं. ११ वडा कमिटीको आयोजनामा सार्वजनिक स्थल मन्दिर परिसरमा सरसफाई गरिएको हो ।

समुदायमा कांग्रेस अभियानको समुद्वघाटन संगै शुरू भएको सरसफाइ कार्यक्रममा शुक्लाफाँटा नगरपालिकाका नगर उपप्रमुख कल्पना पंन्त वडा नं. ११ का वडा अध्यक्ष शेर वहादुर साउद, कार्यपालिका सदस्य शान्ति ऐर, सुर्जा चुनारा, वडा सदस्य कमला कामी लगायत नेपाली कांग्रेसका नेता कार्यकर्ताको उपस्थिती रहेको थियो ।

देश र जनताका लागि शहादत प्रदान गर्ने शहिदहरूको सम्मानमा धार्मिक पर्यटकिय क्षेत्रमा सरसफाई गरिएको नेपाली कांग्रेस शुक्लाफाँटा ११ का वडा सभापती टेक बहादुर भण्डारीले वताए ।

‘पार्टीको केन्द्रीय सर्कुलरमा समुदायमा कांग्रेस अभियान शुरू गरेको अवस्थामा पार्टीको अभियानलाई थप बल पुग्नेगरि वडा नं. ११ ले पनि सामाजिक उत्तरदायित्वको भावना आत्मसात गरि सार्वजनिक स्थलमा सरसफाइ एवं समाजमा सचेतना फैलाउनु संगै सहिदलाई स्मरण गरि कार्यक्रम सम्पन्न गरेका छौं ।’

ईतिहासको विभिन्न समयमा देश र जनताको स्वतन्त्रता सहित जनताको पक्षमा भएका आन्दोलनमा मृत्युु वरण गरेका सपुतहरूको सम्मानमा माघ १६ गते विविध कार्यक्रम गरि देशभर सहिद दिवस मनाइने गरिन्छ ।

ताजा समाचार

सम्बन्धित समाचार