Saturday, July 27, 2024

राष्ट्रिय भलिवल प्रतियोगिताः ६१ लाख ३५ हजारको हिसाब खोई ? प्रवेश शुल्क नतिर्न अपिल

प्रकाशित:

महेन्द्रनगर । क्रान्तिकारी युवा संगठन नेपाल सुदूरपश्चिम प्रदेश समितिले कञ्चनपुर महेन्द्रनगर खुला मञ्चमा भईरहेको तेस्रो मुख्यमन्त्री पुरुष राष्ट्रिय भलिबल प्रतियोगितामा ६१ लाख ३५ हजारको हिसाब खोजेको छ ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

सुदूरपश्चिम खेलकुद परिषद्को आयोजना र जिल्ला भलिबल संघ कञ्चनपुरको व्यवस्थापनमा महेन्द्रनगरको खुल्ला मञ्चमा सञ्चालनमा रहेको उक्त राष्ट्रिय भलिबल प्रतियोगितामा पारदर्शिता नझल्किएपछि क्रान्तिकारी युवा संगठन नेपालले आम जनसमुदायलाई प्रवेश शुल्क नतिर्न आग्रह गरेको छ ।

मंगलबार महेन्द्रनगरमा पत्रकार सम्मेलन गर्दै मोहन बैद्य किरण नेतृत्वको पार्टी निकट क्रान्तिकारी युवा संगठन नेपालले आथिर्क बेथिती भइरहेको बताएको छ ।

आफ्नो संगठनले सुचनाको हक सम्बन्धी ऐन २०६४ को हकदावी गरी ६१ लाख ३५ हजार रुपैँया कहाँ कुन शिर्षकमा छुट्याएको भनि सुदूरपश्चिम खेलकुद परिषदका सदस्य सचिव दिपक सिंहलाई पत्र बुझाउँन खोज्दा गैरजिम्मेवारपुर्ण अभिव्यक्ति दिएर पत्र बुझ्न नमानेको बताएको छ ।

सुदूरपश्चिम खेलकुद परिषदले जिल्ला भलिवल संघ कञ्चनपुरलाई व्यवस्थापनका लागि भन्दै १८ लाख ६५ हजार रुपैँया मात्रै सम्झौता गरेको पाइएको छ । यद्यपी खेलकुद परिषद्ले महेन्द्रनगरमा हुँने तेस्रो मुख्यमन्त्री पुरुष राष्ट्रिय भलिबल प्रतियोगिताका लागि भन्दै ८० लाख बढी बजेट बिनियोजन गरेको हो ।

१८ लाख ६५ हजार रुपैँयाको मात्रै शिर्षक देखाइएको छ । जसमा पुरस्कार राशी देखि अन्य सम्पूर्ण कुराको उल्लेख गरिएको छ । बाँकिको ६१ लाख ३५ हजार रुपैँया कहाँ कुन शिर्षकमा राखिएको छ, त्यसको कुनै एकिन गरिएको छैन् ।

व्यवस्थापनको पाटोमा धेरै गञ्जागोल भएको, भित्तेलेखनमा एकरुपता नभएको, मञ्च व्यवस्थापनमा सरकारी सेना सशस्त्र प्रहरीको प्रयोग गरिएको र बजारमा पुजि चलायमानबाट बञ्चित गरिएको आरोप लगाउदै क्रान्तिकारी युवा संगठन नेपालले पत्रकार सम्मेलन गरेको हो ।

उक्त राष्ट्रिय भलिवल प्रतियोगितामा भलिवल संघ लगायत पत्रकार, खेलकुदकर्मी एवं सम्पुर्ण सुदूरपश्चिमवासीलाई नै गुमराहमा राखिको क्रान्तिकारी युवा संगठन नेपालले जनाएको छ । यो संगै प्रवेश शुल्क कसैले पनि नतिर्नका लागि समेत अपिल गरिएको छ ।

May be an image of text

 

 

ताजा समाचार

सम्बन्धित समाचार