Saturday, July 27, 2024

अढाई हजार दर्शकले टिकट काटेर हेरे खुला मञ्चमा मुख्यमन्त्री भलिबल खेल

प्रकाशित:

महेन्द्रनगर अढाई हजार दर्शकले सोमबार टिकट काटेर तेस्रो मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताका खेल हेरेका छन् । सोमबार प्रतियोगितामा पाँच खेल भएका छन् ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

सुदूरपश्चिम प्रदेश खेलकूद परिषद्ले कञ्चनपुर जिल्ला भलिबल संघको व्यवस्थापनमा आइतबारदेखि प्रतियोगिता आयोजना गरेको छ । प्रतियोगितामा विद्यार्थीलाई २० र अन्यलाई ५० रुपैँया टिकट लगाइएको छ । विद्यार्थी पोशाकमा भएका विद्यार्थीलाई भने निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । सोमबार ९६ हजार रुपैँयाको टिकट काटिएको छ । प्रतियोगिता हेर्न दोधारा चाँदनी सहित जिल्लाका विभिन्न भागबाट दर्शक आएका छन् । भलिबल संघका अनुसार सोमबार दुई हजार चार सय दर्शकले टिकट काटेका छन् ।

आइतबार उद्घाटन समारोहमा सबैलाई निःशुल्क प्रवेश दिइएको थियो । सोमबार दिउँसो प्रतियोगिता हेर्न मञ्च पुगेका बेदकोट नगरपालिकाका निवर्तमान मेयर अशोक कुमार चन्द टिकट काटेर प्रवेश गरे । प्रतियोगिताको प्रवेशद्वारमा टिकट हेरेपछि उनले टिकट काउन्टरमा गएर टिकट काटेका थिए । टिकट लिएपछि उनी प्रतियोगिता स्थलभित्र प्रवेश गरे । बेदकोटमा निवर्तमान मेयर चन्द आइतबार उद्घाटन समारोहमा पनि सहभागी भएका थिए ।

सोमबार खेल हेर्न दोधारा चाँदनीबाट मञ्चमा आएका दोधारा चाँदनी नगर खेलकूद विकास समितिका सदस्य पदम बहादुर सिहले राष्ट्रिय स्तरको प्रतियोगिता सुदूरपश्चिमको खेलकूदको विकासका लागि ऐतिहासिक हुने बताए । ‘यति ठूलो प्रतियोगिता हेर्न त आउनै प¥यो’ उनले भने । कञ्चनपुर जिल्ला भलिबल संघका सचिव उत्तम विष्टले प्रतियोगितामा अनपेक्षित रुपमा दर्शक सहभागिता भएको बताए । ‘खेल हेर्न दर्शक त आउँछन् भन्ने थियो, यति आउँछन् भन्ने सोचेका थिएनौं’ उनले भने ।

मञ्चमा बनाइएको प्रतियोगिता स्थलको प्रवेशद्वार नजिक टिकट काउन्टर राखिएको छ । पल्सर अवार्डको मनोनयमा परेकी भलिबल खेलाडी निरुता ठगुन्ना र आर्मी क्लबकी अर्की खेलाडीको सहयोगका लागि टिकट राखिएको कञ्चनपुर जिल्ला भलिबल संघले बताएको छ । तीन विभागीय सहित सात प्रदेशका एक÷एक गरी १० टीम प्रतियोगितामा सहभागी छन् । माघ २० गते प्रतियोगिता समापन हुुनेछ ।

 

ताजा समाचार

सम्बन्धित समाचार