Saturday, July 27, 2024

२५३ ग्राहकको विद्युतलाइन काटियो

प्रकाशित:

धनगढी कैलालीको धनगढी र अत्तरियामा दुई सय ५३ ग्राहकको विद्युतलाइन काटिएको छ। समयमा विद्युत महसुल नबुझाउने दुई सय ५३ ग्राहकको विद्युत लाइन काटिएको हो।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

ती ग्राहकले एक करोड ५३ लाख ४९ हजार तीन सय ६५ रुपैयाँ विद्युत महसुल बुझाउन आनाकानी गरेपछि धनगढी विद्युत वितरण केन्द्रले लाइन काटिदिएको हो।

विद्युत लाइन काटेपछि एक सय ८० ग्राहकले विद्युत महसुल बुझाएको धनगढी विद्युत वितरण केन्द्र धनगढीका प्रमुख मिथिलेशकुमार गोयलले बताए। विद्युत लाइन काटिएपछि एक महिनाको अवधिमा ती ग्राहकबाट ७८ लाख ३७ हजार ४९१ रुपैयाँ विद्युत महसुलवाफतको रकम असुली भएको उनले बताए। धनगढी विद्युत वितरण केन्द्रले मालपोत कार्यालय, नापी, सडक लगायत गरी ७ वटा कार्यालयको लाइन काटेको छ।

ती कार्यालयले ६ लाख दुई हजार ६ सय ७ रुपैयाँ विद्युत महसुल बुझाउन बाँकी छ। सरकारी कार्यालयबाट एक लाख ४८ हजार ६४० रुपैयाँ मात्र विद्युत महसुल वाफतको रकम असुली भएको छ। विद्युत वितरण केन्द्रका अनुसार एक महिनाको अवधिमा धनगढी र अत्तरिया क्षेत्रमा मात्र दुई सय ५३ विद्युत ग्राहकको लाइन काटिएको हो।

 

ताजा समाचार

सम्बन्धित समाचार