Saturday, July 27, 2024

मेलौलीका वडाध्यक्ष नेगीले गरे भलिबलका राष्ट्रिय खेलाडीद्वय निरुता र आयुष्मालाई आर्थिक सहयाेग

प्रकाशित:

महेन्द्रनगर प्रदेश बैतडीको मेलौली नगरपालिका एक जनप्रतिनिधीले राष्ट्रिय भलिबल खेलाडीद्वयलाई आर्थिक सहयोग गरेका छन । मेलौली नगरपालिका १का वडाध्यक्ष शरद सिह नेगीले राष्ट्रिय भलिबल खेलाडीद्वय निरुता ठगुन्ना र आयुष्मा पुन९मगर०लाई आर्थिक सहयोग गरेका हुन ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

आइतबारदेखि कञ्चनपुरको महेन्द्रनगर खुला मञ्चमा संचालन भईरहेको तेस्रो मुख्यमन्त्री पुरुष राष्ट्रिय भलिबल प्रतियोगितामा वडाध्यक्ष नेगीले राष्ट्रिय भलिबल खेलाडीद्वय निरुता ठगुन्ना र आयुष्मा पुन९मगर०लाई आर्थिक सहयोग गरेको बेलौरी नगरपालिका जनप्रतिनिधीले बताएका छन । मेलौली नगरपालिका वडा सदस्य एव खेलप्रेमी युवा प्रेम बहादुर चन्दले वडाध्यक्ष नेगीले आफ्नो व्यक्तिगत तर्फबाट राष्ट्रिय भलिबल खेलाडीद्वय ठगुन्ना र पुन मगरलाई नगद आर्थिक सहयोग गरेको बताए ।

सोमबार एक कार्यक्रमका विच वडाध्यक्ष नेगीले जिल्ला भलिबल संघ कञ्चनपुरका सचिव उत्तम विष्टलाई उक्त रकम हस्तान्तरण गरेका छन । मेलौली नगरपालिका १का वडाध्यक्ष शरद सिह नेगीले नेपालको राष्ट्रिय खेल भलिबलका खेलाडीलाई जनप्रतिनिधीका नाताले सक्दो सहयोग गरेको बताए ।

जिल्ला भलिबल संघ कञ्चनपुरका सचिव उत्तम विष्टले भलिबलकी राष्ट्रिय खेलाडी आयुष्माको कलेजो प्रत्यारोपण गर्न उपचारका लागि वडाध्यक्ष नेगीूले तीन हजार १सय र अर्की राष्ट्रिय भलिबलकै खेलाडी निरुतालाई पल्सर अवार्डमा विजयी गराउन २ हजार १सय रुपैया सहयोग गरेको बताए । ‘आयुष्माको उपचारका लागि र निरुतालाई पल्सर अवार्ड जिताउन भेटिङ्गमा सहयोगका लागि वडाध्यक्ष नेगीले सहयोग गरेका छन, ‘सचिव विष्टले भने, ‘यो प्रतियोगिता भलिबलकै खेलाडीको बृद्धि विकासमा समेत सदुपयोग गछौँ ।’

सुदूरपश्चिम दार्चुलाकी निरुतालाई अत्यधिक मत दिएर जिताउन समेत भलिबल संघले प्रतियोगिता क्षेत्रमा ब्यानर राखेर अपिल गरेको छ । आईतबारदेखि शुरु भएको मुख्यमन्त्री भलिबल प्रतियोगिताले कञ्चनपुर महेन्द्रनगर खुला मञ्चमा रौनक छाएको छ ।

 

ताजा समाचार

सम्बन्धित समाचार