Saturday, July 27, 2024

महेन्द्रनगरको ह्वाइट हाउसः सरसफाई अभियन्ताहरुद्वारा जिससलाई धन्यवाद ! स्वामित्व ग्रहण गर्दै मूलगेटमा लाग्यो ताला

प्रकाशित:

महेन्द्रनगर । बजार केन्द्रमा रहेको ह्वाइट हाउसको सरसफाई प्रश्चात जिल्ला समन्वय समिति (जिसस)ले स्वामितव ग्रहण गरेको छ ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

महेन्द्रनगर बजार केन्द्रमा दुई दशक देखि प्रयोग बिहिन हुँदा खण्डहर बन्न पुगेको ह्वाइट हाउसको समाजसेवी विरेन्द्र तिवारी, नवराज भट्ट लगायतको नेतृत्वमा भवन भित्र बाहिर सरसफाई गरे पश्चात जिल्ला समन्वय समितिले स्वामित्व ग्रहण गरेर ‘साइन बोर्र्ड’ समेत लगाएको हो ।

महेन्द्रनगर बजारकै सौन्दर्यमा घुरान लाग्ने ह्वाइट हाउसको पुर्ण सरसफाई अभियान नै सञ्चालन गरेका सेमाजसेवी, बुद्धिजीवीहरुले शनिवार जिल्ला समन्वय समितिलाई उक्त भवन हस्तान्तरण समेत गरेका हुन् ।

जिल्ला समन्वय समितिले ह्वाईट हाउसको मूल गेटमै ताला लगाएको छ, भने भवनमा समेत भवन निर्माण स्थल भनेर ‘साइन बोर्ड’ लगाएको छ ।

भुत बंगला जस्तै देखिने ह्वाइट हाउसलाई महेन्द्रनगरका समाजसेवी एवं बुद्धिजिबीहरुले सरसफाई अभियान नै सञ्चालन गरेर हेर्न लायक स्थल बनाएका छन् ।

शनिबार सरसफाई अभियन्ता बिरेन्द्र प्रसाद तिवारी, नवराज भट्ट लगायतका दुई दजर्न बढी समाजसेवी बुद्धिजीवीहरुले जिल्ला समन्वय समिति कञ्चनपुरलाई उक्त भवनको जिम्मेवारी लिएर मूल गेटमा ताला सहित ‘साइन बोर्ड’ पनि लेख्न लगाएको हुँदा धन्यवाद ज्ञापन गर्दै हस्तान्तरण गरेका छन् ।

दुई दशकदेखि आँखै अगाडीको ह्वाइट हाउसलाई अन्देखा गर्दै आएको जिल्ला समनवय समिति (तत्कालिन जिल्ला विकास समिति) लाई महेन्द्रनगरका समाजसेवी बुद्धिजीवी एवं सञ्चार माध्यमहरुले आवाज सहित सरसफाई अभियान नै चलाएर चहकिलो बनाएपछि बल्ल जिसस कञ्चनपुरको ध्यान गएको छ । जिससलाई आफ्नो सम्पत्तीको महशुस भएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार