महेन्द्रनगर । कञ्चनपुरको बेलौरीमा सहिद दिवसको अवसर पारेर नगर स्तरीय टी(ट्वाइन्टी क्रिकेट प्रतियोगिता सञ्चालन गरिने भएको छ । बेलौरी नगर खेलकुद समितिले सहिद दिवसको अवसरमा माघ १६ गतेदेखि नगर स्तरीय टी(ट्वाइन्टी क्रिकेट प्रतियोगिता सञ्चालन गर्न लागेको हो ।
बेलौरी नगरपालिका भित्र रहेका संस्थागत एवं सामुदायिक विद्यालयमा अध्ययनरत १९ वर्षमुनिका विद्यार्थीहरूले प्रतियोगितामा भाग लिन पाउने बेलौरी नगर खेलकुद समितिका अध्यक्ष रामेश्वर न्यौपानेले बताउनुभयो ।
खेलमा विजेता हुने टिमलाई रु। २५ हजार रकम सहित ट्रफी, मेडल र प्रमाणपत्र तथा उपबिजेता टिमलाई १५ हजार रकम सहित ट्रफी, मेडल र प्रमाणपत्रले पुरस्कृत गरिने अध्यक्ष न्यौपानेले जानकारी दिनुभयो । नगर खेलकुद समितिले चालु आर्थिक वर्षमा ब्याडमिन्टन, फुटबल, भलिबल, राष्ट्रपति रनिङ शिल्ड लगायतका प्रतियोगिता सञ्चालन गरिसकेको छ ।