Sunday, May 26, 2024

प्रहरीमाथि नै अभद्र व्यवहार गरेको भन्दै सात भारतीय सहित ९ जना पक्राउ

प्रकाशित:

महेन्द्रनगर भीमदत्त नगरपालिका–१० बनगाउँस्थित ललित चन्दले संचालन गरेको एसी लज एण्ड बारबाट महिला सहित ९ जना पक्राउ परेका छन् । बिहीबार उनीहरुले सार्वजनिक स्थानमा होहल्ला गर्नुका साथै प्रहरीमाथि समेत अभद्र व्यवहार गरेका थिए । पक्राउ पर्नेमा भारत बनवासाका एनिस सिंह, अनिल चन्द, जय चन्द, सनेन्द्र भट्ट छन् ।

यस्तै पक्राउ पर्नेमा सोहि ठाउँकै अनिल प्रसाद, रबि भट्ट, बिनोद कुमार, भीमदत्त नगरपालिका–६ का किसन चन्द र बाँके नेपालगन्जका माया खनाल रहेका छन् । सबै जनालाई नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक पक्राश डाँगीले बताए ।

ताजा समाचार

सम्बन्धित समाचार