Saturday, July 27, 2024

दार्चुलामा भिरबाट लडेर एक महिलाको मृत्यु

प्रकाशित:

दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिकामा भिरवाट लडेर एक महिलाको मृत्यु भएको छ ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

बुधबार दिउँसो शैल्यशिखर नगरपालिका वडा नम्बर ८ झरकाँडा, पतेगइर बस्ने ५० वर्षीया अम्बीका जोशीको पटारी धार भिरबाट लडेर मृत्यु भएको मृतकका आफन्त मनोरथ जोशीले बताए ।

घाँस काटन गएको बेला लडेको र बेलुकी अवेर सम्म घर नफर्कीए पछि खोजी गर्न जादा भिरबाट १०० मिटर तल मृत अवस्थामा भेटिएको उनले बताए ।

शवलाई अहिले घरमा ल्याइ राखिएको र भोली विहान गोकुलेश्वरमा पोष्टमार्टम पछि देवलघाट चिहानमा अन्तेष्टी गरिने बताइएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार