Saturday, July 27, 2024

होटलमा अनौतिक क्रियाकलापः महेन्द्रनगरको एक होटलबाट युवती सहित ९ जना पक्राउ

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुरको एक होटलबाट अनौतिक क्रियाकलाप गर्ने ९ जना पक्राउ परेका छन् । नेपालगञ्जकी एक युवती सहित ७ जना भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा एक जना कञ्चनपुरकै स्थानीय पनि छन् ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

बुधबार राती भीमदत्त नगरपालिका–१० बनगाउँ स्थित एसी लज एण्ड बारमा अनैतिक क्रियाकलाप र होहल्ला गरेको भन्दै प्रहरीले एक युवती सहित ९ जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक (डीएसपी) प्रकाश डाँगीले बताए ।

‘बनगाउँ स्थित ललित चन्दले संचालन गरेको एसी लज एण्ड बारमा अनैतिक क्रियाकलाप र होहल्ला भइरहेको भन्ने बिषेस सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बुझ्दा सोही होटलमा रहेका एक युवती सहित ९ जनाले अभद्र व्यवहार गरेको हुँदा उनीहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको छ ।’ डीएसपी डाँगीले भने ।

पक्राउ पर्नेहरुमा छिमेकी सहर बनवासाका एनिस सिंह, अनिल चन्द, जय चन्द, सनेन्द्र भट्ट, अनिल प्रसाद, रबि भट्ट, बिनोद कुमार, कञ्चनपुरको भीमदत्त नगरपालिका–६ का किसन चन्द र बाँके नेपालगञ्जकी माया खनाल रहेका छन् ।

ताजा समाचार

सम्बन्धित समाचार