Saturday, July 27, 2024

करेन्ट लागेर एक जनाको मृत्यु

प्रकाशित:

महेन्द्रनगर जिल्लाको घोडाघोडी नगरपालिका(१० स्थित तुल्सीपुर सामुदायिक वनमा पहलमानपुरका ४० वर्षीय धनबहादुर शाहको बुधवार मृत्यु भएको हो। करेन्ट लागेर गम्भिर घाईते भएका शाहको उपचारका लागि घोडाघोडी अस्पताल सुखडमा ल्याउँदा डाक्टरले मृत घोषणा गरेको हो।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

साथै करेन्ट लागेर एक जना घाईते भएका छन्। घाइते हुनेमा मोहन्याल गाउँपालिका(३ की ३६ वर्षीया दुर्गा खत्री रहेकी छिन्। खत्रीलाई उपचारको लागि घोडाघोडी अस्पताल सुखड हुँदै थप उपचारको लागि मेडिकल कलेज कोहलपुर रिफर गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। घटनाको कारण भने अहिले सम्म खुल्न नसकेको र यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

ताजा समाचार

सम्बन्धित समाचार