Saturday, July 27, 2024

सुदूरपश्चिममा पहिलोपल्ट एसपीए टेकफेस्ट ०.१ हुदैँ

प्रकाशित:

महेन्दनगर आगामी फागुन ४ गते एसपीए टेक फेस्ट ०.१ हुने भएको छ । एसपीए कलेजको रोबोटिक्स क्लबद्वारा आयोजित प्रतियोगिता सुदूरपश्चिम प्रदेशस्तरीय हुनेछ ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

टेक फेस्टमा रोबो रेस, रोबो सकर, रोबो फाइट, विज्ञान प्रदर्शनी, फुडस्टलहरु, नाटक, साइन्स क्विजलगायत संगीत तथा मनोरञ्जनात्मक प्रस्तुति हुने हुने एसपीए रोबोटिक्स क्लबका अध्यक्ष जनुल अल जफर सिद्धिकीले बताए । रोबो रेसमा कक्षा १२ सम्मका विद्यार्थीहरूले प्रतिस्पर्धा गर्न पाउनेछन् । उक्त रेसमा प्रथम हुनेले ३ हजार, दोस्रो हुनेले २ हजार तथा तेस्रो हुनेले एक हजार पुरस्कार पाउनेछन् ।

यस्तै रोबो सकरमा स्नातक सम्मका विद्यार्थीले सहभागिता जनाउन पाउनेछन् । यसको विजेताले ५ हजार र उपविजेताले दुई हजार पाउनेछन् । एक टिममा तीनवटा सम्म रोबर्ट राख्न सकिनेछ । रोबो फाइटको विजेताले पनि ५ हजार र उपविजेताले दुई हजार पाउनेछ । स्नातक तहसम्मका विद्यार्थीहरूले यसमा प्रतिस्पर्धा गर्न पाउनेछन् ।

विज्ञान प्रदर्शनी र डिजायन च्यालेन्जमा ५ जनाको टोली हुनेछ । जसमा ५ हजार जम्मा पुरस्कार रकम रहेको छ । विभिन्न विद्यालयका आगन्तुक शिक्षक शिक्षकका लागि म्युजिकल प्रतियोगिता हुनेछ । जसको विजेताले आकर्षक गिफ्ट ह्याम्पर पाउनेछन् । एसपीए बीएचएमका विद्यार्थीहरूले फुड स्टलहरू राख्नेछन् । त्यसबाहेक सांस्कृतिक नृत्य तथा गायन समेत हुनेछ ।

आर्ट एन्ड क्राफ्ट वर्कसप, सामाजिक चेतनायुक्त नाटक तथा आइटी क्वीज समेत हुने सिद्धिकीले जनाए । क्विजमा एउटा स्कुलबाट २ जना सहभागी हुन पाउनेछन् । प्रथमले २ हजार र दोस्रो हुनेले एक हजार पुरस्कार पाउनेछ । यस्तै चेस प्रतियोगिता समेत हुनेछ । जसमा प्रथमले २ हजार र दोस्रो हुनेले एक हजार पाउनेछ ।

एसपीए कलेज प्राङ्गणमा हुने टेकफेस्टमा माघ २१ गतेसम्म इन्ट्री गराइसक्नुपर्ने अध्यक्ष सिद्दिकीलले बताए । टेकफेस्टमा ५ हजार अवलोकनकर्ताहरूको सहभागिता रहने आयोजकले जनाएको छ । टेकफेस्टको मुख्य प्रायोजकमा एसपीए कलेज रहेको छ ।

 

ताजा समाचार

सम्बन्धित समाचार