Saturday, July 27, 2024

भ्रष्टाचारीलाई कार्बाही गर्न एक्सनमै उत्रिने चेतावनी

प्रकाशित:

महेन्द्रनगर । क्रान्तिकारी युवा संगठन नेपाल सुदूरपश्चिम प्रदेश समितिले भ्रष्टाचारी, कमिसनखोरीदेखि सरकारी अनुदान लिएर दुरुपयोग गर्नेमाथि कार्बाहीको चेतावनी दिएको छ ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

क्रान्तिकारी कम्युनिष्ट पार्टी निकट युवा संगठन नेपाल सुदूरपश्चिम प्रदेश समितिले प्रदेशमा रहेका सरकारी निकामा हुने अनियमितता, भ्रष्टाचारदेखि घुसखोरी बिरुद्धमा एक्सनमा उत्रिने चेतावनी दिएको हो ।

सोमबार धनगढीमा पत्रकार सम्मेलन गर्दै बेथिति बिरुद्धमा संघर्षमा उत्रिने चेतावनी दिएको हो ।

युवा संगठन नेपाल सुप प्रदेश कमिटिका संयोजक दिपेन्द्र सिह ऐरले बेथिति बिरुद्धमा संगठनले एक्सनमा उत्रिने बताए ।

संयोजक ऐरका अनुसार सुप प्रदेश सरकारलाई सरकारी उद्योग, कलकारखाना उद्योग संचालनका लागि दवाव दिने, सीमा क्षेत्रमा भारतीय पक्र्षबाट हस्तक्षेप भईरहका विषय अघि सारेर परराष्ट्रम्रन्त्री एव मन्त्रालयमा ज्ञापन पत्र बुझाउने, शिक्षा, स्वास्थ्य क्षेत्रमा भईरहेको व्यापारिकरण बिरुद्ध संघर्ष गर्ने, भ्रष्टाचारीलाई कार्बाही गर्ने जनाइएको छ ।

कञ्चनपुर–कैलालीका हुलाकी सडक निर्माणमा दवाव दिने, तीनै तहका जनप्रतिनिधीले लिने २८ देखि ३० प्रकारका भत्ता खारेजी, सरकारी सवारी साधन दुरुपयोग रोक्ने, हमास समुहको नियन्त्रणमा रहेका कञ्चनपुरका विपिन जोशीको रिहाईका लागि दवाव दिने, सार्वजनिक सम्पत्ती दुरुपयोग गर्ने, अपचलन गर्ने बिरुद्धमा कार्बाही गर्ने, लघुवित्त, बैंक वित्तिय संघ संस्थाहरुको ठगि बिरुद्धमा संघर्ष गर्ने, सरकारी अनुदान दुरुपयोग बिरुद्धमा जाने, किसानको बस्तु तथा सेवा उत्पादनलाई बजारीकरण गर्न दवाव दिने, सुप प्रदेशको पर्यटकीय गन्तव्यको प्रचारप्रसार गर्ने बताए ।

संयोजक ऐरले उक्त एजेण्डा अघि सारेर आन्दोलनका कार्यक्रम गर्ने चेतवानी दिएका छन ।

ताजा समाचार

सम्बन्धित समाचार