महेन्द्रनगर । कञ्चनपुरका निजी विद्यालयहरुले आज (सोमबार) देखि १० गते सम्मकाका लागि तीन दिन बिदा दिने निर्णय गरेको छन् ।
निजी विद्यालयहरुका छाता संगठन प्याब्सन र एन–प्याब्सन दुबैले कञ्चनपुरमा माघ ८ देखि १० गते सम्म विद्यालय विदा दिने निर्णय गरेका हुन् ।
कञ्चनपुरमा अध्यधिक चिसो बढेकाकारण पठनपाठन कार्य असहज हुनुका साथै विद्यार्थी, शिक्षक र कर्मचारीको स्वास्थ्यलाई मध्यनजर गर्दै तीन दिने बिदा दिने निर्णय गरिएको एन–प्याब्सनका सचिव बलदेव भट्ट र प्याब्सन कञ्चनपुरका सचिव राकेश बहादुर चन्दले बताए ।
कञ्चनपुरका निजी विद्यालयहरु माघ ११ गते देखि सञ्चालनमा आउनेछन् ।