Saturday, July 27, 2024

कालिका मन्दिरमा अखण्ड रामायण पाठ

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुरको बेलौरी बजारमा अवस्थित कालिका मन्दिरमा अखण्ड रामायण पाठ भइरहेको छ । यही माघ ८ गते भारतको अयोध्यामा राम मन्दिरको प्राण प्रतिष्ठाको अवसर पारेर आइतबारदेखि अखण्ड रामायण पाठ सञ्चालन गरिएको मुख्य कर्ता प्रकाशराज पन्तले बताउनु भयो ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

योसँगै बेलौरी नगरपालिकामा रहेका सबै मन्दिरहरूमा दीप प्रज्वलन तथा पूजा अनुष्ठानको कार्यक्रम समेत रहेको बताइएको छ । सम्पूर्ण बेलौरीवासीहरूमा सहभागिताका लागि आमन्त्रण गरिएको छ ।

यस्तो छ कार्य तालिका

१.अखण्ड रामायण पाठ स् २०८०,१०,०७ गते बिहानदेखि ०८ गतेसम्म

२.भजन कीर्तन स् २०८०,१०,०८ गते बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म

३.श्रीकृष्ण मन्दिर रिछाहादेखि बजार हुँदै कालिका मन्दिरसम्म परिक्रमा २०८०,१०,०८ गते दिउँसो २;३० बजेदेखि

४.भण्डारा तथा प्रसाद वितरण स् २०८०,१०,०८ गते दिउँसो २;३० बजेदेखि

५.घरघरमा दीप प्रज्वलन तथा दीपावली स् २०८०,१०,०८ गते बेलुका ६;३० बजेदेखि

आआफ्नो गाउँ टोलमा रहेका हरेक मन्दिरहरूमा दीप बत्ती तथा पूजा अर्चनामा सरिक भइदिन हुन समेत सबैमा अनुरोध गरिएको छ ।

 

ताजा समाचार

सम्बन्धित समाचार