Sunday, June 23, 2024

भूपेन्द्र बडुवालको हत्यामा संलग्न फरार २ जना पक्राउ

प्रकाशित:

धनगढी । कैलालीका भूपेन्द्र बडुवालको हत्यामा संलग्न फरार २ जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय, कैलालीका अनुसार लम्कीका बडुवालको हत्या गरेको अभियोगमा अदालतबाट पक्राउ पुर्जी जारी भएका थप दुई जना आइतवार बिहान पक्राउ परेका हुन् ।

जिल्लाको लम्की चुहा नगरपालिका वडा नम्बर १ थकालीपुरका २६ वर्षीय रोशनबहादुर शाही र वडा नम्बर ३ चिसापानीका २३ वर्षीय अनुज भनिने चिरञ्जिवी शाही आइतवार पक्राउ परेका छन ।

उनीहरूसमेत लम्कीका २३ वर्षीय भूपेन्द्र बडुवालको हत्यामा सङ्लन्न रहेको भन्दै प्रहरीमा जाहेरी दर्ता भएको थियो। बडुवालको २०७८ कात्तिक २३ गते हत्या भएको थियो ।

उनको हत्याको आरोमा १२ जनाको विरुद्धमा इलाका प्रहरी कार्यालय, टीकापुरमा किटानी जाहेरी दर्ता भएको थियो ।

ताजा समाचार

सम्बन्धित समाचार