Saturday, July 27, 2024

पेसवानद्वारा भीमदत्त-३ मा आँखा सिविर सम्पन्न, २८७ जनाको आँखा परिक्षण

प्रकाशित:

महेन्द्रनगर । भीमदत्त–३ मा आँखा सिविर सम्पन्न भएको छ । वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेसवान) को आयोजना, च्यारिटी हेल्थ फाउन्डेसन र धनगढी नेत्रालय प्रालीको प्राविधिक सहयोगमा भीमदत्त नगरपालिकाको वडा नं. ३ मा आँखा सिविर सम्पन्न भएको हो ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

शनिबार बिहान देखि भीनपा–३ स्थित गौरीशंकर आधारभुत विद्यालयको प्रांगणमा सुरु भएको आँखा सिविरबाट २८७ जनाले सेवा लिएका छन् ।

उक्त विद्यालय प्रांगणमा सुरु भएको आँखा सिविरमा २८७ जनाले आँखा परिक्षण गराएको र ९८ जनालाई चस्मा समेत वितरण गरिएको पेसवानका सदस्य दमन चन्दले बताए । धनगढी नेत्रालय प्रालीले भोली २३ जनाको आँखाको शैल्यक्रिया गर्ने उनले बताए ।

पेसवान नेपालले भोली भीनपा–१६ मा आँखा सिविर सञ्चालन गर्ने उनले बताए । यो भन्दा पहिले पेसवानले भीमदत्तका वडा नं. २, ७, १३ र १४ मा आँखा शिविर सञ्चालन गरिसकेको छ ।

ताजा समाचार

सम्बन्धित समाचार