Saturday, July 27, 2024

अत्तरिया महोत्सवमा एक लाख ४० हजारका नक्कली टिकट फेला

प्रकाशित:

धनगढी । कैलालीको अत्तरियामा जारी प्रादेशिक महोत्सवमा २८ वटा ठेली नक्कली टिकट बिक्र हुँदै गरेको भेटिएको छ ।महोत्सव आयोजक अत्तरिया उद्योग वाणिज्य संघले २८ वटा टिकटका ठेली नक्कली रहेको भन्दै नियन्त्रणमा समेत लिएको छ ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

सुदूरपश्चिम प्रादेशिक महोत्सवमा एक लाख ४० हजारको नक्कली टिकट विक्रीका लागि ठेली छपान भएको पाइएको हो । आयोजकले दुर्गालक्ष्मी बहुमुखी क्याम्पस, अत्तरियालाई टिकट विक्रीको जिम्मा दिएको थियो । दुर्गालक्ष्मकी बहुमुखी क्याम्पसका स्ववियु सभापछि भूवन महराले प्रति टिकटमा २ रुपैयाँ स्ववियुले पाउने सम्झौताका साथ काम गरेको बताए ।

उनले भने, ‘हामीले एक टिकटमा २ रुपैयाँ पाउने हो । रेडक्रसलाई एक रुपैयाँ दिइएको छ । ४ गते म नगरपालिकाको भवन उद्घाटन कार्यक्रममा थिए। यता, आयोजकले टिकट नियन्त्रणमा लिएका रहेछन् । हामीलाई नक्कली हो भन्ने पनि थाहा थिएन। पछि मात्र त्यो कुरा जानकारी पाएका हौ। हामीलाई सबै टिकट आयोजकले दिनु भएको हो। महासचिव शंकर खडकाबाट हामीले टिकट ल्याउछौ । २ ठेली पूरा विक्री भएको छ। अन्यका ६,७ वटा विक्री भएका छन्।’ महोत्सवको आयोजक, अत्तरिया उद्योग वाणिज्य संघले छानबिन गर्ने भन्दै स्ववियुलाई पूर्ण जानकारी समेत नदिएको महराको आरोप छ।

त्यसैगरी अत्तरिया उद्योग वाणिज्य संघले नक्कली टिकटको विषयमा छानबिन जारी रहेको बताएको छ । उद्योग वाणिज्य संघका महासचिव शंकर खड्काले २८ वटा ठेली नियन्त्रणमा लिएको बताए। उनले भने, ‘२८ वटा जम्मा ठेली छन्। एक सय रुपैयाँ टिकटका हुन। २ ठेली पूर्ण विक्री भएका छन्। एकबाट १७ वटा, अर्कोबाट १३ र अर्को बाट ६ वटा टिकट विक्री भएका छन्। जम्मा एक सय ३६ वटा नक्कली टिकट महोत्सवमा विक्री भएका हुन्।’ १३ हजार ६ सयका टिकट विक्री भएपछि आयोजकले ठेली नियन्त्रणमा लिएको हो।

ताजा समाचार

सम्बन्धित समाचार