Saturday, July 27, 2024

लागुऔषध ओसारपसार गर्ने दुईजना भारतीय पक्राउ

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुरको बेलडाँडीमा प्रहरीले लागुऔषध ओसारपसार गर्ने दुई भारतीय नागरिकलाई लागू औषध खैरो हेरोइन सहित पक्राउ गरेको छ ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

ईलाका प्रहरी कार्यालय बेलडाँडीबाट खटिएको प्रहरी टोलिले शुक्रबार राती बेलडाँडी गाउँपालिका १ झरना सागर बाट ३ ग्राम २० मिलिग्राम खैरो हेरोइन सहित दुई भारतीय पक्राउ परेका हुन । पक्राउ पर्नेमा जिल्ला पिलिभित टाटरगञ्ज भारत बस्ने २८ वर्षीय ईरफान अलि र सोहि ठाँउ बस्ने १८ वर्षीय गुरमेष सिंह हुन ।

त्यसैगरी प्रहरीका अनुसार उनीहरुखैरो हेरोइन भारतबाट नेपाल पुर्याउने काम गर्ने गर्थे भने, उनिलाई उक्त काम वाफत २ हजार भारु रुपैँया मिल्ने गरेको कञ्चनपुर प्रहरीले बताएका छन ।

ताजा समाचार

सम्बन्धित समाचार