Saturday, July 27, 2024

दार्चुलामा महेन्द्रनगरका लागि हिडेको बस दुर्घटना, चालक सहित १४ जना घाईते

प्रकाशित:

महेन्द्रनगर । दार्चुला खलंगाबाट महेन्द्रनगरका लागि छुटेको बस महाकाली नगरपालिका–५ को फोहोरमैला संकलन केन्द्र नजिक दुर्घटनामा परेको छ । शुक्रबार बिहान दार्चुला खलंगाबाट महेन्द्रनगरका लागि हिडेको सुदूरपश्चिम प्रदेश ०२००१ ख १०३१ नम्बर को बस महाकाली–५ फोहोरमैला संकलन केन्द्र नजिक खिमटडीमा दुर्घटना हुँदा चालक सहित १४ जना घाइते भएका छन् ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

उक्त दुर्घटनामा चालकसहित १४ जना घाईते भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । घाईतेहरुको जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ ।

२ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
गाडीको पट्टा टुटेर उक्त दुर्घटना भएको बताइएको छ । घाईतेहरुको विवरण अहिले सम्म खुल्न सकेको छैन् ।

ताजा समाचार

सम्बन्धित समाचार