Saturday, July 27, 2024

प्रधानमन्त्री कप क्रिकेटमा आज ३ खेल हुँदै

प्रकाशित:

काठमाडौं । प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज तीनवटा खेल हुँदैछन् ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

आजको पहिलो खेल रुपन्देहीको भैरहवास्थित सिद्धार्थ क्रिकेट रङ्गशालामा कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशबीच ९ बजेदेखि सुरु हुँदैछ ।

बाँकी दुई खेल भने काठमाडौंमै हुनेछन् ।कीर्तिपुरको मैदानमा कोशी प्रदेश र नेपाल पुलिस क्लबबीच खेल सुरु हुनेछ भने मुलपानी क्रिकेट मैदानमा बागमती प्रदेश र मधेश प्रदेशबीच खेल हुँदैछ । दुबै खेल सवा ९ बजेदेखि सुरु हुनेछन् ।

हालसम्म सम्पन्न खेलको नतिजाअनुसार एपीएफ क्लब अङ्क तालिकाको शीर्ष स्थानमा छ । एपीएफले आफ्ना दुवै खेल जितेर चार अङ्क जोडेको छ ।

यस्तै त्रिभुवन आर्मी क्लब अङ्क तालिकाको दोस्रो स्थानमा, सुदूरपश्चिम प्रदेश तेस्रो, नेपाल पुलिस क्लब चौथो, कर्णाली प्रदेश पाँचौँ, मधेश प्रदेश छैठौँ र लुम्बिनी प्रदेश सातौँ स्थानमा रहेका छन् ।

दुई दुईवटा खेल खेलेका गण्डकी, बागमती र कोशी प्रदेश हालसम्म जितविहीन छन् ।

ताजा समाचार

सम्बन्धित समाचार