Saturday, July 27, 2024

माघ ३ गतेबाट कञ्चनपुरमा एन-प्याब्सन खेलकुद महोत्सव सुरु हुने

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुरमा राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन–प्याब्सन) कञ्चनपुरले माघ ३ गतेदेखि एनप्याब्सन खेलकुद महोत्सव २०८० गर्ने भएको छ ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

सोमबार पत्रकार सम्मेलन गर्दै एन–प्याब्सन कञ्चनपुरका अध्यक्ष झंकर राज जोशीले माघ ३ गते देखि एन-प्याब्सन खेलकुद महोत्सव २०८० गर्ने बताएका हुन् ।

०७५ सालदेखि एन–प्याब्सन कञ्चनपुरले खेदकुद महोत्सव गर्न सकेको थिएन् । कोरोनाको महामारी पछि रोकिएको एन–प्याब्सनको खेलकुद प्रतियोगिता यो वर्ष देखि सुरु हुँने भएको छ ।

माघ ३ गते अर्थात बुधबार देखि महेन्द्रनगरको कवर्डहलमा एन–प्याब्सन खेलकुद महोत्सव २०८० सुरु हुँनेछ ।

महेन्द्रनगरको खुलामञ्चबाट प्रभातफेरि सुरु गर्दै बजार परिक्रमा पश्चात कवर्डहलमा खेलकुद समारोहको उद्घाटन सत्र सुरु हुनेछ । प्रभातफेरि तथा बजार परिक्रममा १० हजार विद्यार्थी र २ हजार बढि शिक्षक कर्मचारीहरूले सहभागिता रहने एन–प्याब्सन कञ्चनपुरले जनाएको छ ।

माघ ३ गतेदेखि ६ गतेसम्म सञ्चालन उक्त खेलकुद प्रतियोगितामा हाइजम्प, लङ जम्प, दौड, भलिबल, टेबल टेनिस, ब्याट मिन्टन लगायतका थुप्रै खेलहरु खेलाइने एन–प्याब्सन कञ्चनपुरका सचिव बलदेब भट्टले बताए ।

एन–प्याब्सन कञ्चनपुरमा एक सय ३५ विद्यालयहरू आबद्ध छन् । त्यस मध्ये ६० भन्दा बढी विद्यालयहरुले सहभागिता जनाउने सचिव भट्टले बताए । एन–प्याब्सन खेलकुद महोत्सव २०८० मा १२८ स्वर्ण, १२८ रजत, १३६ कास्य पदकका लागि खेलाडीहरुले प्रतिस्पर्धा गर्नेछन् ।

ताजा समाचार

सम्बन्धित समाचार