Saturday, July 27, 2024

वाणीको एक सामुदायिक वनबाट सालको काठ तस्करी

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुरमा काठ तस्करी भएको छ । कृष्णपुर नगरपालिका–२ बाणीस्थित गडबिजुला सामुदायिक वनमा काँचा सालका खडा रुख कटानी गरी तस्करी गरेको पाइएको छ ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

सामुदायिक वनमा तीन सालका रुख कटानी गरी तस्करी गरेको पाइएको उक्त सामुदायिक वनका अध्यक्ष धनीराम चौधरीले बताए ।

वन गस्तीमा जाने क्रममा तस्करले मेसिनको प्रयोग गरी सालका रुख कटानी गरी लगेकोे पाइएको चौधरीले बताए। दिउँसो मात्रै वनमा हेरालुको व्यवस्था रहेको जनाउँदै उनले राति वन गस्तीका लागि हेरालु राख्न नसक्दा रुख तस्करी हुन थालेको बताए ।

‘पूर्व पश्चिम राजमार्गमा राखिएका सिसिटिभी क्यामेरामा गुलरियातर्फबाट दुई ट्राक्टर वनतर्फ आएको देखिन्छ, तीन घण्टापछि ट्रलीमा काठ छोपेर लगेको देखिन्छ’, उनले भने, ‘त्यसकै आधारमा अनुसन्धान अगाडि बढाइएको छ ।’ सालका रुख कटानी भएको देखिएपछि सब डिभिजन वन कार्यालय बाणीलाई खबर गरिएको छ ।

सब डिभिजन वन कार्यालयका प्रमुख अमर धामीले अनुसन्धानमा काठ कटानी गरी तस्करी गर्ने शङ्कास्पद व्यक्ति नजिक पुग्ने बलियो आधार भएको बताए । ‘जोसुकै भए पनि छाड्दैनौँ’, उनले भने, ‘तस्करलाई छिट्टै पक्राउ गछौँ ।’ –रासस

ताजा समाचार

सम्बन्धित समाचार