Saturday, July 27, 2024

निजामती कर्मचारी संगठनद्वारा प्रदेश सरकारको प्रस्तावित ऐनका सन्दर्भमा अन्य ट्रेड युनियनहरुलाई साझा धारणाकालागि आह्वान

प्रकाशित:

महेन्द्रनगर । नेपाल निजामती कर्मचारी संगठन कञ्चनपुरको जिल्ला कमिटिको बैठक सम्पन्न भएको छ । बिहिबार कर्मचारी संगठन कञ्चनपुरको जिल्ला कमिटिको बैठक महेन्द्रनगरमा सम्पन्न भएको हो ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

सुदूरपश्चिम प्रदेश सरकारले तयार गरिरहेको स्थानीय सेवाको गठन सञ्चालन तथा सेवा र शर्त सम्बन्धि बिधेयकमा नेपाल निजामती कर्मचारी संगठनले छलफल गरेर आफ्नो सुझाव पेश गर्न कञ्चनपुर जिल्लामा कार्यरत सम्पूर्ण कर्मचारीहरुलाई आह्वान गरेको छ ।

बिहिबार सम्पन्न बैठकबाट प्रस्तावित ऐनको मस्यौदामा संगठनको तर्फबाट आधिकारिक धारणा सहित प्रदेशको बिधायन समिति लाई र सुदुरपश्चिम प्रदेशका सम्पुर्ण माननीयहरुलाई जानकारी गराउने निर्णय गरिएको नेपाल निजामती कर्मचारी संगठन कञ्चनपुरका अध्यक्ष मान बहादुर चन्दले बताए ।

सुदुरपश्चिम प्रदेशमा कार्यरत रहेका सम्पुर्ण कर्मचारीको भावना समेटेर ऐन जारी गरिनुपर्ने, पुर्वानुमान योग्य र चक्रिय सरुवा प्रणाली अबलम्बन गर्नुपर्ने, कर्मचारीको बृद्धि विकासमा संकुचन आउन नहुने, हाल कार्यरत रहेका ज्यालादारी र करार सेवाका कर्मचारीको एक पटक लोक सेवा आयोगमा उमेर हद नलाग्ने र कार्य अबधिको आधारमा उपदानको ब्यबस्था गर्नुपर्ने, साबिक जिल्ला विकास समिति र स्थानिय निकाय बाट समायोजन भएका कर्मचारीहरुको उपदानको जिम्मा प्रदेशले लिनुपर्ने लगायतका बिषयमा सम्पुर्ण संगठनका र सम्पुर्ण ट्रेड युनियन बिच साझा समझदारी कायम गरि आन्दोलन आवश्यक रहेको नेपाल निजामती कर्मचारी संगठनका प्रदेश महासचिव महादेव जोशीले बताए ।

त्यस्तै उक्त बैठकमा साबिक स्थानीय निकायका कर्मचारीको उपदानका बखत अस्थायी करारको सेवा अवधि गणनाको विषयमा समेत छलफल भएको हो ।

बिहिबार महेन्द्रनगरमा सम्पन्न नेपाल निजामती कर्मचारी संगठन कञ्चनपुरको बैठकमा जिल्ला कार्यसमितिका पदाधिकारी र सदस्यहरु, पालिका कमिटिका पदाधिकारीको उपस्थिति रहेको थियो । त्यस्तै बैठकमा पेशागत महासंघका जिल्ला अध्यक्ष, सचिव र राष्ट्रिय समिति सदस्य समेतको उपस्थिती रहेको थियो ।

ताजा समाचार

सम्बन्धित समाचार