Saturday, July 27, 2024

वडाको आवास कार्यक्रम: विपन्नलाई नयाँ घर

प्रकाशित:

दोधारा । दोधारा चाँदनी नगरपालिका– १० को वडाको सुक्षित आवास कार्यक्रम सम्पन्न भएको छ् । दोधारा चाँदनी नगरपालिका– १० वडा कार्यालयको सहयोगमा वडाका ५ घरपरिवारको सुक्षित आवास कार्यक्रम सम्पन्न भएको छ ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

चालु आर्थिक वर्षको वडा कार्यालयको योजना तथा कार्यक्रम अनुसार वडामा रहेमा रहेका बिपन्न, गरिव, अपांगहरु लगाी ५ वटा घर निमार्ण सम्पन्न गरिएको दोधारा चाँदनी नगरपालिका– १० का वडाध्यक्ष चन्द्र बहादुर सिंहले जानकारी दिएका छन् । आजै निमार्ण गरिएको घर हस्तान्तरण गरिएको छ ।

लक्ष्मण सिंह ठगुन्ना, अशोक सुनार, बिर्खे सुनार, प्रेम रावत र लाली देवी सुनारको घर निमार्ण पछि हस्तान्तरण गरिएको वडाध्यक्ष चन्द्र बहादु सिंहले बताएका छन् । झण्डै रु। १० लाखमा ५ वटा घर निमार्ण गरिएको बताईएको छ । आर्थिक अभावमा घर बनाउन नसकेर वर्षौं देखि फुसको घरमा बस्दै आएका विपन्न परिवारको घर निर्माण गरिएको हो ।

गरिबीका कारण घर बनाउन नसकेका परिवारको पहिचान गरेर नयाँ घर निर्माण गरिएको वडा कार्यालयले जनाएको छ् । सुक्षित आवास कार्यक्रम अन्तर्गत वडा कार्यालयको बजेट मार्फत विपन्न परिवारको घर निर्माण गरिएको वडाध्यक्ष सिंहले बताएका छन् । ‘घर बनाउने क्षमता नहुदा वर्षौ ंदेखि कष्टकर जीवन बिताउदै आएको अवस्था थियो ।

हामीले आर्थिक अवस्था कमजोर भएकाले घर निर्माणका लागि वडा कार्यालयबाट बजेट बिनियोज गरि घर निमार्ण गरेका छौं’ वडाध्यक्ष चन्द्र बहादुर सिंहले भने ।

राज्यले पनि गाँस, बास र कपासलाई नागरिकको मौलिक हकमा राखेकाले सहज बसोबासका लागि वडा कार्यालयको योजना अनुरुप गरिब, बिपन्न तथा अशहायहरुको लागी घर निमार्ण गरिएको वडा सदस्य महाविर रोकायाले बताएका छन् ।

‘चुहिने फुसको घरमा दिनरात कटाउने अवस्थामा घर पाउदा उहाँहरुको दैनिकी फेरिएको छ्’ वडा सदस्य महाविर रोकायाले भने ।

हाल बनेको घरले सबै विपन्न परिवारलाई नसमेटिएका भएपनि आगामी दिनमा पनि घर निर्माणका लागि वडा कार्यालय लगाएत सरोकारवाला निकाय सित पहल गरि गरिब तथा बिपन्नहरुलाई घर निमार्ण गर्ने प्रतिबद्धता उनले जाहेर गरेका छन् ।

फुसको घरमा जीवन कटाउदै आएको अवस्थामा घर पाउदा दैनिकी फेरिएको लक्ष्मण सिंह ठगुन्नाले बताएका छन् । घर बनेपछि धेरै निकै सहजता भएको उनको भनाई छ् ।

‘वडा कार्यालयले घर निमार्ण गरिदिए संगै अहिले हाम्रो दैनिकी नै फेरिएको छ्’ लक्ष्मण सिंह ठगुन्नाले भने– ‘घर बनाउन नसेको कारण वर्षाको बेला निकै पिडा सहनु पर्ने अवस्था थियो ।’ वडाध्यक्ष लगाएत सबै वडाका जनप्रतिनिधीहरुलाई उनले धन्यबाद दिएका छन् ।

पुस्तौं देखि फुसको घरमा बसदै आएका उनिहरुले २ कोठे नयाँ आवास पाउदा निकै खुशी भएका छन् ।

ताजा समाचार

सम्बन्धित समाचार