Saturday, July 27, 2024

शुक्लाफाँटा राष्ट्रिय निकुन्जमा जलपन्छीको गणना सुरु

प्रकाशित:

महेनद्रनगर ।  कञ्चनपुरमा रहेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा जलपन्छीको गणना सुरु गरिएको छ।राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको अगुवाइमा शनिवार देखि शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोष, नेपाल पन्छी संरक्षण संघ, हिमालयन नेचरगाइड, शुक्लाफाँटा नेचर गाइड एसोसिएसन लगायतका संघसंस्थाले जलपन्छी गणना सुरु गरेका हुन्।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

नेपाल पन्छी संरक्षण संघका चराविज्ञ हिरुलाल डंगौराले शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज भित्रमा सिमसार क्षेत्र, ताल तलैया, नदी लगायत र निकुञ्ज बाहिरका जलाधार क्षेत्रमा जलपन्छी गणना गरिने बताए। जलपन्छी गणनामा ‘वाइनाकुलर टेलिस्कोप’ र ‘जिपिएस’सहितको क्यामेराको प्रयोग गरिने जनाइएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार