Saturday, July 27, 2024

शुक्लाफाँटामा अवैध नदीजन्य पदार्थ उत्खनन गर्दा मेयरकै भाईका दुई ट्याक्टर प्रहरी नियन्त्रणमा

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुरको शुक्लाफाँटा–८ अनौखी खोलाबाट दुई ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । शुक्रवार साँझ अनौखी खोलाबाट ग्रावेल सहितका दुई ट्याक्टर स्थानीयले नियन्त्रणमा लिई प्रहरीलाई बुझाएका हुन् ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

खोलाबाट अबैध रुपमा नदीजन्य पदार्थ उत्खनन् गर्दै आएको अवस्थामा भेट्टिएपछि से १ त ६५५८ र सुपप्र ०२–००१ त १२६५ नम्बरका ट्याक्टर स्थानीयले नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय झलारीको जिम्मा लगाएका हुन् ।

अबैध रुपमा नदीजन्य पदार्थ उत्खनन् गर्दै आएका उक्त दुवै ट्याक्टर शुक्लाफाँटा नगरपालिकाका नगर प्रमुख रणबहादुर महराका सहोदर भाई लोकेन्द्र बहादुर महराका हुन् । यद्यपी नगर प्रमुख महराका भाईको फर्म आरपी हार्डवेयर एण्ड सप्लायर्सले महाकाली सिँचाई योजना निर्माण कम्पनी वराहा डेभ्लपर्स प्रा.ली. संग भाडामा लगाएको दाबी गरेको छ ।

आरपी हार्डवेयर एण्ड सप्लायर्स र वराहा डेभ्लपर्स प्रालीले मंगलबार भाडा सम्झौता गरेको छ भने शुक्रबार साँझ उक्त दुवै ट्याक्टर शुक्लाफाँटा–८ अनौखी खोलाबाट अबैध रुपमा नदीजन्य पदार्थ उत्खनन् गरि ग्राभेल सहित झलारी तर्फ आईरहेका बेला बेलडाँडी गाउँ बाट नियन्त्रणमा लिई प्रहरीको जिम्मा लगाइएको हो ।

कञ्चनपुरको शुक्लफाँटा र कृष्णपुर नगरपालिकामा नदीजन्य पदार्थ उत्खननमा नगर कार्यपालिकाले नै रोक लगाएको हो । दुवै पालिकामा नदीजन्य पदार्थको ठेक्का नलाग्दा सम्मका लागि उत्खननमा रोक लगाइएको हो ।

कृष्णपुर र शुक्लाफाँटा नगरपालिकामा अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन्मा दर्जनौं ट्याक्टर प्रहरीको नियन्त्रणमा पर्ने गरेका छन् । एक महिना अघिमात्रै कृष्णपुरबाट एक एमाले नेताको ट्याक्टर समेत प्रहरीले नियन्त्रणमा लिएको थियो ।

May be an image of blueprint and text that says "Ntgm BARAHA DEVELOPERS PVT.LTD Prevousiv Rajendra Nırman Sewa Pv Dhanoalin tesepatsats Kailah Nepal 1416066 harahaulevelopervagmal.com F-mal ट्याक्टर भाडा सम्झौता पत्र आज मिति २०८०/०९/१७ गतेका दिन बराहा डेभ्लपर्स प्रा.ली. (यस पछि पहिलो पक्ष भनिने छ) आर.पी हडवयर (यस पछि दोसो भनिने बीच ६५५८ सु.प.प्र ०२-००१ त १२६५ नम्बरको ट्याक्टर भाडामलिन देहायका शर्त राखी सम्झौता गरियो| शर्तहर प्रति मासिक ५००००।- (अक्षरुपी पचास हजार हने| ट्याक्टरमा लाग्ने तथा पहिलो बेहोर्नु पर्ने| पहिलो पक्षलाई मासिक महिनाको पहिलो हप्ता भित्र भुक्तानी छ| हारईदेवर पहिलो पक्ष बराहा डेभ्लपर्स प्रा.ली. नादी मा दोसो पक्ष आर.पी हार्डवयर Scanned with M@BILE-SCANNER"

 

 

ताजा समाचार

सम्बन्धित समाचार