Saturday, July 27, 2024

मानव र वन्यजन्तु विचको द्वन्द्व न्यूनिकरण लागि बडुवाल टोलमा रकम बिनियोजन

प्रकाशित:

दोधारा । मानव वन्य जन्तुविचको द्वन्द्व न्यूनिकरण लागि बडुवाल टोलमा मेसवायर (तारजाली) को लागी रकम बिनियोजन गरिएको छ ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

दोधारा चाँदनी नगरपालिका– ३ बडुवाल टोलमा मानव वन्य जन्तुविचको द्वन्द्व न्यूनिकरण लागि दोधारा चाँदनी नगरपालिका कार्यालयले मेसवायर (तारजाली) को लागी रु. ५ लाख रकम बिनियोजन गरिएको दोधारा चाँदनी नगरपालिका– २ का वडाध्यक्ष पदम रावलले जानकारी दिएृका छन् ।

बिगत लामो समय देखि बडुवाल टोलमा जंगली हात्ती लगाएत वन्यजन्तुको आतंक कायमै छ् । बस्तीमा जंगली हात्तीको हुल आएर अन्नवाली नष्ट गरिदिने घर भत्काईदिने गर्दै आएको छ।

दोधारा चाँदनी नगरपालिका कार्यालय कार्यपालिकाको एक बैठकले मानव वन्य जन्तुविचको द्वन्द्व न्यूनिकरण लागि बडुवाल टोलमा मेसवायर (तारजाली) को लागी रकम बिनियोजन गरेको वडाध्यक्ष पदम रावलले बताएका छन् ।

‘मानव र वन्यजन्तुविचको द्वन्द्व न्यूनिकरण गर्ने उदेश्यका साथ बडुवाल टोलमा मेसवायर ९तारजाली० को लागी रकम बिनियोजन गरिएको हो’ दोधारा चाँदनी नगरपालिका– २ का वडाध्यक्ष पदम रावलले भने ।

भारतिय जंगलीबाट भित्रिएको जंगली हात्तीको बथानले पछिल्ला दिनहरुमा जनावर बस्ती भित्र पसेर घर भत्काईदिने, अन्नवाली नष्ट गरिदिने तथा मानव माथी आक्रमण गर्न थालेको हो । तारजालीले छेकवार गरे संगै किसानलाई ठुलो राहत हुने बिश्वास गरिएको छ् ।

ताजा समाचार

सम्बन्धित समाचार