Saturday, July 27, 2024

पिएम कप क्रिकेटः तेस्रो जितसंगै कञ्चनपुर शिर्ष स्थानमा

प्रकाशित:

बैतडी । प्रधानमन्त्री कप पुरूष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम प्रदेश स्तरीय छनौट अन्तरगत इलाइट च्याम्पियनसिपमा कञ्चनपुरले लगातार तेस्रो जित निकालेको छ ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

तेस्रो जित दर्ता गर्ने क्रममा कञ्चनपुरले बुधबार अछामलाई ६ विकेटले हरायो । जितका लागि पाएको ९० रनको सामान्य लक्ष्य कञ्चनपुरले १७।२ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्यो । जसमा किरन ठगुन्नाले ३१ र प्रकाश पाण्डेले अविजित २५ रनको योगदान गरे ।

अछामका रोहित खड्काले २, युवराज खत्री र अभिषेक चौधरीले १/१ विकेट लिए । यसअघि फाप्ला मैदानमा बिहान ९ बजेदेखि शुरू हुने भनिएको ५० ओभरको खेल बाक्लो हुस्सु लागेकाले निर्धारित समयभन्दा ढिला सुरू हुँदा २८ ओभरमा झारिएको थियो ।

टस जितेर पहिला ब्याटिङ गरेको अछाम २३/२ ओभरमा ८९ रनमा समेटियो । उसका सुरज तिरूवाले ३० तथा युवराज खत्रीले २० रन बनाउनुबाहेक अन्यले दोहोरो अंकमा रन समेत जोड्न सकेनन् ।

अछामलाई सस्तैमा समेट्न कञ्चनपुरका दीपक चन्द एक्लैले ५ विकेट लिए । यस्तै भरत चन्दले ३ विकेट झारे । दीपक खेलका म्यान अफ द म्याच चुनिएका स्कोरर नरेन्द्रराज भट्टले जानकारी दिए ।

यो जितसंगै कञ्चनपुर ६ अंकका साथ शिर्ष स्थानमा पुग्दै फाइनलको सम्भावना बलियो बनाएको छ । कञ्चनपुरले अब अन्तिम खेल शनिबार बैतडीसंग खेल्नेछ ।

लगातार तेस्रो हार व्यहोरेको अछाम भने प्रतियोगिताबाटै बाहिरिसकेको छ । उसले अन्तिम खेल अब शुक्रबार बझाङसंग खेल्नेछ । दुईखेलमा दुबै जितेको बैतडी अंक तालिकाको दोस्रो स्थानमा छ ।

एकमा हार र एकमा जित निकालेको कैलाली तेस्रो र दुबै खेल हारेको बझाङ पुछारबाट दोस्रो स्थानमा छ । सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघको आयोजनामा पुस १४ गतेदेखि शुरू भएको प्रतियोगिता पुस २४ गते सम्पन्न हुनेछ ।

ताजा समाचार

सम्बन्धित समाचार