Saturday, July 27, 2024

कञ्चनपुरमा १२ औं प्याब्सन फेस्टिबल सुरुः परराष्ट्र मन्त्री साउँदद्वारा उद्घाटन

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुरमा प्याब्सन महोत्सव सुरुभएको छ । आज परराष्ट्र मन्त्री एनपी साउँदले १२ औं प्याब्सन फेस्टिबलको उद्घाटन गरेका हुन् ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

महेन्द्रनगरको कबर्ड हल चार दिनसम्म सञ्चालन हुँने उक्त फेस्टिबलको आज मन्त्री साउँदले उद्घाटन गरेका हुन । महोत्सवमा प्याब्सन आवद्ध जिल्ला भरका झण्डै तीन दर्जन विद्यालय सहभागी भएका छन् ।

कबर्ड हलमा महोत्सव उद्घाटन अघि महेन्द्रनगर बजारमा क्षेत्रमा प्रभातफेरि गरिएको छ । गाजा बाजा सहित गरिएको प्रभातफेरिमा विद्यार्थी, शिक्षक, कर्मचारी लगायतका सहभागी भएका छन् ।

महोत्सव उद्घाटन गर्दै परराष्ट्र मन्त्री साउँदले निजी क्षेत्रको शैक्षिक क्षेत्रमा पुगाएको योगदान महत्वपूर्ण भएको उल्लेख गर्दै उनले सरकारले निजी शैक्षिक क्षेत्रलाई चुनौती र अवसरका रुपमा नलिएर अवसरका रुपमा प्रयोग गरिनु पर्नेमा जोड दिए ।

‘निजी क्षेत्रले शैक्षिक क्षेत्रमा पुगाएको योगदानको कुरा महत्वपूर्ण छ, यसलाई सकारात्मक रुपमा लिएर अघि बढ्नु पर्छ’ उनले भने,‘निजी शिक्षण संस्थासित ईश्र्या गर्न पर्ने छैन, नकारात्मक सोच्नु पर्ने कुरा पनि छैन, यसलाई चुनौती वा ईश्र्याको रुपमा नलिएर अवसरका रुपमा प्रयोग गर्नु पर्छ ।’

No description available.

 

ताजा समाचार

सम्बन्धित समाचार