महेन्द्रनगर । ईन्टरनेस्नल पब्लिक स्कूलको यस वर्षको ८ औं संस्करणको international cup football tournament -2080 को उपाधी रौलेस्वर माबी बेल्डाडीले चुमेको छ।
पुस १४ गते आयोजक टिम ईन्टरनेस्नल पब्लिक स्कुल तथा रौलेश्वर मा बि बीच भएको प्रतिस्पर्धात्मक फाईनल खेलमा रौलेश्वरले २-१ ले बिजय हासिल गरेको हो ।
रौलेश्वरबाट लोकेन्द्र साउद, रोहित धामी, दिनेश उपाध्याय, विशाल बिष्ट, करन सुनार,प्रशान्त भट्ट ईस्वर सिंह अनिल बडुवाल सन्जय बिष्ट सन्दिप कार्की अबिनाश बडुवाल बिराज साउद महेश उपाध्याय रोहित पुजारा जीवन शाही र निरज बडुवाल खेलाडी थिए भने/ ईन्टरनेस्नलबाट गृस्म मल्ल प्रदिप रावल सुदीप थापा मगर दिनेश भट्ट रबि रावल मुकेश चन्द सन्दिप सिह शाहिल बस्नेत क्षितिज धामी अमन चौधरी सोहन सुनार बिबेक धामी सुमित शर्मा जोनस जोशी महेन्द्र कार्की र प्रतीक सिह खेलाडी थिए।
ईन्टरनेस्नलका best striker ,क्षितिज धामी, player of the tournament सन्दिप थापा मगर, best keeper गृस्म मल्ल भएका थिए भने रौलेश्वरका best defender रोहित धामी, best mid fielder अनिल बडुवाल भएका थिए।
बिजेता रौलेश्वरलाई रु ५० हजार र उप बिजेता ईन्टरनेस्नललाई रु २५ हजार नगद पुरस्कार सहित बिद्यालय, खेलाडी तथा रेफ्रीहरुलाई ट्रफी, मेडल तथा प्रमाणपत्र अतिथिहरुले प्रदान गरेका थिए।
महेन्द्रनगरको खुला मन्चमा आयोजना गरिएको समापन समारोह बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष लीलाध्वज बस्नेतको सभापतित्वमा सम्पन्न भएको थियो।
समारोहमा प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख दुर्गादत्त बोहरा, बिशिस्ट अतिथि भिमदत्त नगरपालिकाका उप प्रमुख नीलम लेखक जोशी, अतिथिहरमा खेलकुदसङ्ग संबंधित पदाधिकारहरु, प्रहरी अधिकृतहरु,प्रशिक्षकहरु, स्थानीय समाजसेवीहरु, सन्चारकर्मीहरु थिए। पुस १० गते देखि सन्चालन भएको प्रतियोगितामा जिल्लाका १२ बिद्यालयहरुका १३ टिमको सहभागिता रहेको थियो।
विद्यार्थीहरुको प्रतिभा प्रस्फुटन तथा प्रबर्द्धनका लागि यस बिद्यालयले बर्सेनि विभिन्न विधाका प्रतियोगिताहरुको सफल आयोजना गर्दै आएको छ।