Saturday, July 27, 2024

सुदूरपश्चिमका कृषि मन्त्री भन्छन्ः वास्तविक किसान छुट्ट्याउन गाह्रो छ

प्रकाशित:

धनगढी । सुदूरपश्चिम प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री रामेश्वर चौधरीले सक्कली किसान छुट्ट्याउन गाह्रो हुने गरेको बताएका छन् ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

शुक्रबार प्रदेशसभाको सामाजिक विकास समितिसँगको छलफलमा मन्त्री चौधरीले वास्तविक किसान पत्ता लगाउन गाह्रो भएको बताएका हुन् । सामाजिस विकास समितिको बैठकमा छलफलका लागि बोलाइएका मन्त्री चौधरीले प्रदेशसभा सदस्य धर्मराज पाठकले अनुदान वितरणमा वास्तविक किसान नसमेटिने गरेको गुनासो आएको बताएका थिए ।

पाठकले राखेको जिज्ञाशाको जवाफ दिदै मन्त्री चौधरीले वास्तविक र नक्कली किसान छुट्याउन समस्या हुने गरेको सुनाएका हुन् । ‘अनुगमन गर्न जाँदा कहाँ कहाँबाट बाख्रा खोजेर खोरमा राख्छ कहाँबाट भैंसी खोजेर गोठमा बाँध्छ, अनुदान लिइसकेपछि सबै खाली हुन्छ,’ चौधरीले भने, ‘एउटै घरबाट पाँच वटा कृषि फार्म दर्ता भएको छ । फार्म फरक पारी एकै व्यक्तिले हरेक वर्ष अनुदान लिइरहेको पाइएको छ । ‘

छलफलका क्रममा कृषि राज्यमन्त्री कैलाश चौधरीले एकै आर्थिक वर्षमा एकै व्यक्तिले फरक फरक फर्म प्रयोग गरि तीन पटकसम्म अनुदान लिएको भेटिएको बताए ।चौधरीले अनुदानमा भइरहेको दुरुपयोग रोक्न उत्पादनमा आधरित अनुदान दिने र किसान कार्ड लागु गर्ने सोचाइमा आफू रहेको बताए ।

शुक्रबार सामाजिक विकास समितिले भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्री, राज्यमन्त्री र मन्त्रालयका सचिव डा। मदन सिंह धामीलाई बोलाएर कृषि मन्त्रालयबाट सम्पादन भएका कामको प्रगति विवरणमाथि छलफल गरेको थियो ।

समितिका ज्येष्ठ सदस्य हिरा सार्कीको अध्यक्षतामा भएको बैठकमा प्रदेशसभा सदस्य धर्म राज पाठक, प्रकाश बम, माया पन्त, तुल्सी देवकोटा र जानकी कुँवरले मन्त्री चौधरीलाई विभिन्न प्रश्न सोधेका थिए ।

ताजा समाचार

सम्बन्धित समाचार