महेनद्रनगर । जिल्ला चेस संघ कञ्चनपुरले आयोजना गरेको जिल्ला स्तरिय बिद्यालय टिम चेस च्याम्पियनसीपमा ईन्टरनेस्नल पब्लिक स्कुलको टिमले प्रथम र द्धितिय स्थानमा बिजय प्राप्त गरि च्याम्पियन बनेको छ ।चेस संघले आयोजना गरेको दुई दिने जिल्ला तस्तरिय बिद्यालय टिम चेस च्याम्पियनसीपमा ईन्टरनेस्नल पब्लिक स्कुलको टिमले प्रथम र द्धितिय स्थानमा बिजय प्राप्त गरेको हो ।

प्रतियोगितामा प्रथम स्थान बिजयी हासील गर्ने सफल खेलाडि सार्थक पन्त,अशोक खड्का,हितेस भट्ट,नैतिक बैजलाई भिमदत्त नगरपालिकाका नगर उपप्रमुख निलम लेखक जोशीले द्धितीय टिमलाई चेस संघका अध्यक्ष टेकेन्द्र राज पाठकले र तृतीय टिमलाई सुर्य लाइफ ईन्स्योरेन्सका मेनेजर शारदा अवस्थीले क्रमश नगर ६ हजार,४ हजार,र ३ हजार नगद सहित ट्रफि,मेडल र प्रमाणपत्र बितरण गरेका थिए ।गत वर्षको मंसिरमा प्रदेश स्तरीय खुल्ला र्यापीड चेस प्रतियोगितामा पनि ईन्टरनेस्नल पब्लिक स्कुलकै कक्षा ७ मा अध्यनरत छात्र सार्थक पन्त प्रथम भई चेस प्रतियोगितामा एकल बर्चस्व कायम गरेका थिए ।
