Saturday, July 27, 2024

कञ्चनपुरको एक क्यासिनोमा काम गर्ने महिला मृत फेला

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुरको एक क्यासिनोमा काम गर्ने महिला मृत फेला परेकी छिन् । भीमदत्त–५ वनखेतस्थित डायमण्ड क्यासिनोमा कार्यरत प्रिंयका राजवंशी आफ्नो डेराको कोठामा मृत फेला परेकी छिन् ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

झापाको मेची नगरपालिका ६ की मृतक राजबंशी मंगलबार आफ्नो कोठामा मृत फेला परेको कञ्चनपुर प्रहरीले जनाएको छ ।

उनको शवलाई पोष्टमार्टमका लागि महाकाली अस्पतालमा राखिएको प्रहरीले जनाएको छ । आत्महत्याको कारण खुल्न नसकेको प्रहरीले बताएको छ ।

उक्त घटनामा थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले बताए ।

ताजा समाचार

सम्बन्धित समाचार