Saturday, July 27, 2024

कञ्चनपुरमा जबर्जस्ती करणीका घटनाहरुको ग्राफ क्रमशः घट्दो

प्रकाशित:

ऐश्वर्या कुवँर ।
महेन्द्रनगर । कञ्चनपुरमा पछिल्लो समय जबर्जस्ती करणीका घटनाहरु प्रति वर्ष घट्दै गएका छन् ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा दर्ज भएको तीन वर्से तथ्याङ्क अनुसार जबर्जस्ती करणीका घटनाको ग्राफ क्रमशः घट्दै गएको पाइएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा दर्ज भएको तीन वर्से तथ्याङ्क अनुसार, आर्थिक वर्ष ०७७/०७८ मा ५३ ओटा, आ.व. ०७८/०७९ मा ३२, आ.व. ०७९/०८० मा ४० ओटा र चालु आर्थिक वर्ष ०८०/०८१ को मंसिर महिना सम्ममा ११ ओटा जवर्जस्ती करणीका घटनाहरु घटेको पाइन्छ ।

उक्त जवर्जस्ती करणीका घटनाहरुमा सबै भन्दा बढि १६ वर्ष मुनिको उमेर समुह रहेका बालिका शिकार हुँने गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

त्यसपछि १६ वर्ष देखि २५ वर्ष उमेर समुहका किशोरी, देखि ६० वर्ष उमेर समुहका महिला समेत जबरजस्ती करणीको शिकार भएको तथ्याङ्कले देखाएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार