Saturday, July 27, 2024

दोधारा चाँदनीको भानु माविबाट चोरी भएका सिसिटिभी क्यामेरा सडकमा फालेको अवस्थामा फेला

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुरको दोधारा चाँदनी स्थित भानु माध्यमिक विद्यालयबाट चोरी भएका सिसिटिभी क्यामेरा सडकमा फालेको अवस्थामा भेटिएका छन् ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

दोधारा चाँदनी–९ हरिचोक नजिक सडक किनारमा फालेको अवस्थामा चोरी भएका मध्ये ४ ओटा सिसिटिभी क्यामेराहरु भेटिएको इलाका प्रहरी कार्यालय दोधारा चाँदनीले जनाएको छ ।
भानु माविको मूल गेट र विद्यालय परिसरमा जडित ९ ओटा सिसिटिभी क्यामेरा श्रृंखलाबद्ध रुपमा चोरी भएका थिए ।आज बिहानसडक किनारमा फालेका उक्त क्यामेराहरु देखेपछि स्थानीयहरुले प्रहरीलाई खबर गरेका थिए ।

ताजा समाचार

सम्बन्धित समाचार