Saturday, July 27, 2024

छाडा चौपाया व्यवस्थापनकालागि भीमदत्त नगरपालिकाका प्रयास र चुनौती

प्रकाशित:

-महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकाले छाडा चौपायाको दिगो व्यवस्थापनलाई प्राथमिकतामा राखेर निरन्तर काम गरिरहेको छ । छाडा चौपायाको व्यवस्थापनका लागि नगर प्रमुख पदम बोगटीले प्रयासरत छन् । यद्यपी विभिन्न ऐन, कानुनी बाधा अड्चन र अन्य कारणले छाडा चौपायाको व्यवस्थापनका लागि आवश्यक जग्गा नपाउँदा समस्या समाधान हुन सकेको छैन ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

थुप्रै प्रयास गर्दापनि आवश्यक जग्गा प्राप्त नभएपछि छाडा चौपायाको व्यवस्थापन हुन सकेको छैन । नगरप्रमुख बोगटीे नेतृत्वको भीमदत्त नगरपालिकाले शुरुमा चौपायाको व्यवस्थापनका लागि बेदकोट नगरपालिकासंग समन्वय गरी संयुक्त रुपमा व्यवस्थापन गर्न छलफल थाल्यो । तर एक पालिकाले अर्को पालिकालाई रकम हस्तान्त्ररण गर्न नसक्ने कानुनी बाधाले काम अगाडी बढ्न सकेन ।

यस्तै नगरपालिकाले गौ संरक्षण अभियानका अभियान्ता योगी पिताम्बर, सूदूरपश्चिम प्रदेश कृषि तथा सहकारी मन्त्रालयका सचिव, लामो समय देखि चौपाया व्यवस्थापन र घाइते चौपायाको उपचार गर्दै आएको आई केयर यू का अध्यक्ष लगाएत, वुद्धिजिवि, जिल्ला समन्वयमा जिल्लाका सम्पूर्ण पालिकाका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष र सर्वदलिय बैठक पटक–पटक बसेको थियो ।

बेदकोट नगरपालिका र अन्य क्षेत्रमा छाडा चौपाया व्यवस्थापनका लागि गरिएका प्रयास बिफल भएपछि नगरपालिकाभित्रै व्यवस्थापन गर्न नगरपालिकाले सम्भावित जग्गा खोज्न कार्यदल गठन ग¥यो, उक्त कार्यदलले बुझाएको प्रतिवेदनका आधारमा सम्भावित जग्गाको अध्ययन अवलोकन गरियो ।

यद्यपी सम्भावित जग्गामा विभिन्न कानूनी अड्चन र स्थानियहरुको असहयोगका कारण चौपायाको व्यवस्थापन हुन सकेन । त्यसपछि नगरपालिकाले भीमदत्त नगरपालिका–७ को सामुदायिक बनमा छाडा चौपाया व्यवस्थापनका लागि छलफल अगाडी बढायो ।

छलफल सकारात्मक भएपछि वनमा स्थायी टहरा निर्माण गर्न नपाइने कानुनी प्रवधानले नगरपालिकाले अस्थायी टहरा निर्माण गर्न खर संकलन ग¥यो । अन्तिममा उक्त वनको कार्यसमितिले अस्थायी टहरा निर्माण गर्ने भएपछि त्यहा काम गर्न दिएन ।

थुप्रै प्रयास गर्दापनि चौपायाको व्यवस्थापन गर्न सफल हुन नसकेको नगरपालिका थाकेको भने छैन । नगरपालिका नेतृत्व चौपायको दिगो व्यवस्थापन कानुनसंगत गर्न निरन्तर प्रयास गरिरहेको छ ।

छाडा चौपायाको व्यवस्थापनका लागि नगरपालिकालाई सबैको सहयोगको समेत आवश्यकता रहेको नगर प्रवक्ता महेन्द्र खड्काले बताए ।

हाल नगरपालिकाले १३ नम्बर वडा स्थित हात्तीसारको पश्चिम तर्फ रहेको महाकाली नदिको बगरको जग्गामा छाडा चौपाया व्यवस्थापन गर्न सम्बधित निकायसंग नगरपालिकाले छलफल अगाडी बढाएको छ ।

केही महिना अगाडी शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको किनारमा रहेको सो जग्गामा गिद्द संरक्षण र छाडा चौपाया व्यवस्थापनका लागी वन तथा वारतावरण मन्त्रालय राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका प्रवक्ता एवम् उपमहानिर्देशक अजय कार्कीलाई बोलाएर छलफल तथा स्थलगत अनुगमन समेत गरिएको थियो ।

यस्तै भीमदत्त– १० स्थित सामुदायिक बनमा समेत छाडा चौपायाको व्यवस्थापनका लागि छलफल अगाडी बढाएको छ । भीमदत्त नगरपालिकाले चौपायको व्यवस्थापनका लागि थुप्रै प्रयास गरेको र गरिरहेको छ ।

स्थानियहरुले चौपाया व्यवस्थापन गर्न नगरपालिकालाई विभिन्न तरिकाले दबाब दिइरहेका छन् । यद्यपी नगरपालिकालाई आवश्यक सहयोग गर्न भने कोही अगाडी नबढ्दा चौपायाको व्यवस्थापनमा समस्या आइरहेको छ ।

नगरपालिकाले गरेका यी प्रयास र समस्या कसले बुझने ? नगर प्रवक्ता खड्काका अनुसार चौपाया व्यवस्थानका लागि नगरपालिकालाई सबैको सहयोगको खाचो रहेको छ ।

ताजा समाचार

सम्बन्धित समाचार