Saturday, July 27, 2024

महिला राष्ट्रिय क्रिकेट: बैतडीकी रितुको कप्तानीमा सुदूरपश्चिमको टोली घोषणा

प्रकाशित:

बैतडी । प्रधानमन्त्री कप महिला टी २० राष्ट्रिय क्रिकेट प्रतियोगिता खेल्ने सुदूरपश्चिमको टोली घोषणा गरिएको छ ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका बैतडीका रितु कनौजियाको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरिएको हो ।

कप्तान रितुसंगै उपकप्तानमा बिन्दु रावल,जानकी थापा, रुवी पोद्दार,लक्ष्मी साउँद,मनिषा चौधरी,ईश्वरी विष्ट,रेवती धामी,राधिका पुजारा,सावित्री धामी,कविता जोशी,सम्झना खड्का,शोभा रोकाया र अनु कडायत अन्तिम १४ मा अटाएका हुन् ।

यस्तै स्नेहा महरा,करिष्मा थापा,रूविना कुँवर र गङ्गा खड्का वैकल्पिक खेलाडीका रूपमा छनौट भएका छन् ।

हालै सम्पन्न प्रदेशस्तरीय छनौट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका आधारमा टोली घोषणा गरिएको प्रादेशिक क्रिकेट संघले जनाएको छ ।

प्रदेशस्तरीय छनौटपछि २२ जनाको बन्द प्रशिक्षण गरिएको र त्यसपछि अन्तिम टोली घोषणा गरिएको सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका अध्यक्ष वासुदेव जोशीले बताए ।

यो टोलीले अब पुस ५ गतेदेखि काठमाडौँमा हुने राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउनेछ । सुदूरपश्चिमको पहिलो खेल एपीएफ क्लबसँग पुस ५ गते मूलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछ ।

प्रधानमन्त्री कप महिला टी– २० राष्ट्रिय क्रिकेट प्रतियोगितामा सात प्रदेश र एक विभागीय क्लब एपीएफको सहभागिता रहने नेपाल क्रिकेट संघले जनाएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार