Saturday, July 27, 2024

दोधारा चाँदनीबाट लागु औषध सहित एक जना पक्राउ

प्रकाशित:

महेन्द्रनगर । लागु औषध खैरो हिरोइन सहित कञ्चनपुरबाट एक जना पक्राउ परेका छन् । २.४२ ग्राम लागूऔषध खैरो हेरोईन सहित बेदकोट–१० का ३० वर्षीय धनिराम कामी दोधारा चाँदनीबाट पक्राउ परेका हुन् ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

महाकाली नदीमा बन्न लागेको चारलेनको पक्की पुलको छेउबाट कामीलाई प्रहरीले आइतबार पक्राउ गरेको हो ।
लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगर र अस्थायी प्रहरी पोष्ट झोलुङ्गेबाट खटिएको संयुक्त प्रहरी टोलीले उनलाई भारतबाट नेपाल तर्फ आउदा चेकजाँच गर्ने क्रममा पक्राउ गरेको जनाएको छ ।

पक्राउ गरेका कामीले भारतीय नम्बरको मोटरसाईकलको हेडलाईटको भाईजरमा खैरो हिरोइन लुकाइ राखेको अबस्थामा फेला पारेको प्रहरीले जनाएको छ । मोटरसाइकल सहित नियन्त्रणमा लिएर प्रहरीले थप अनुसन्धान चालेको छ ।

ताजा समाचार

सम्बन्धित समाचार