Saturday, July 27, 2024

दोधारा चाँदनीको भानु माविका ९ ओटा सिसिटिभी क्यामेरा चोरी (भिडियो)

प्रकाशित:

-भुपेन्द्र ओली ।
हेल्थपोष्ट । कञ्चनपुरको एक विद्यालयका ९ ओटा सिसिटिभी क्यामेरा चोरी भएका छन् । दोधारा चाँदनीको भानु माद्यमिक विद्यालयमा जडान गरिएका ९ ओटा सिसिटिभी क्यामेरा चोरी भएका हुन् ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

शुक्रवार राती ७ ओटा, झण्डै २ महिना पहिले एक ओटा र एक साता अघि अर्को एक थान सिसिटिभी क्यामेरा चोरी भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिल बहादुर सिजालीले बताए ।

विद्यालयको मूल गेट र विद्यालय परिसरमा जडान गरेका जम्मा ९ थान सिसिटिभी क्यामेरा चोरी भएको उनले बताए ।

‘भानु माविमा श्रृंखलाबद्ध चोरी हुँदै आएको छ। झण्डै २ महिना अघि मुल गेटमा लगाएको क्यामेरा चोरी भयो । एक हप्ता पहिले अर्को एक क्यामेरा चोरी भयो ।’ विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सिजालीले भने, ‘फेरी मंसिर २९ गते राती विद्यालयको परिसरमा लगाएका ७ ओटा सिसिटिभी क्यामेरा चोरी भएका छन् ।’

सिसि टिभी क्यामेरा चोर्न तीन जना संलग्न भएको भुटेजमा प्रष्ट देखिएको छ । विद्यालयले चोरी भएको प्रत्येक पटकको घटनामा प्रहरीलाई निवेदन सहित जानकारी गरेको छ ।

यस विषयमा अनुसन्धान जारी रहेको इलाका प्रहरी कार्यालय दोधारा चाँदनीले जनाएको छ ।

भिडियो लिङ्कः https://www.facebook.com/61553305388227/videos/1493711111480319

ताजा समाचार

सम्बन्धित समाचार