Saturday, July 27, 2024

प्रधानमन्त्रीकी नातिनीको बिहेमा कानुनले तोकेकोभन्दा धेरै निम्तालु

प्रकाशित:

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डुकी नातिनी र भरतपुर महानगरकी प्रमुख रेणु दाहालकी छोरीको विवाह सयौँ निम्तालुहरू बोलाएर महँगो रिसोर्टमा गरिएको विषयबारे सामाजिक सञ्चालमा चर्चा भएरहेको छ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

कतिपयले कम्युनिस्ट नेताको परिवारमा भड्किलो विवाहू भएको भन्दै आलोचना गरेका छन्। उक्त विवाहको समारोहमा कानुनले तोकेकोभन्दा बढी मानिसलाई निम्ता दिइएकाले प्रधानमन्त्री र स्थानीय सरकारको प्रमुखकै परिवारले देशको कानुन पालना नगरेकोमा प्रश्न पनि उठेको छ।

मेयर रेणु दाहाल र महानगरकै सल्लाहकार रहेका उनका पति अर्जुन पाठककी छोरी प्रतिभा पाठकको विवाह अर्थशास्त्रमा विद्यावारिधि गर्दै गरेका विज्ञानबाबु रेग्मीसँग भएको हो।बिबिसी

ताजा समाचार

सम्बन्धित समाचार