महेन्द्रनगर । कञ्चनपुरमा राप्रपाले आयोजना गरेको विशाल आमसभामा पार्टी प्रवक्ता ज्ञानेन्द्र शाहीले बलात्कार पछि हत्या गरिएको कञ्चनपुरकी चेली निर्मला पन्तले न्यायको भीख मागिरहेको बताएका छन् ।
![](https://nigaranikhabar.com/wp-content/uploads/2024/01/961aos.gif)
कञ्चनपुरकी १३ वर्षिय बालिका निर्मला पन्तको बलात्कार पछि हत्या गरिएको यतिका वर्ष बित्दा पनि बलात्कारीलाई अहिलेपनि कानूनको दायरामा लाएर सजाय भएको उनको टिप्पणी छ ।
![](https://nigaranikhabar.com/wp-content/uploads/2024/01/NTNC-Kanchanpur-Notice.gif)
उनले भने, ‘निर्मलाको बलात्कारपछि हत्या भएपछि देशमा कति जना गृहमन्त्री फेरिए, कति प्रहरीका आइजिी फेरिए, मै हुँ, मैले नै गर्छु भन्नेहरु पनि आए ।’ प्रवक्ता शाही थपे, ‘हरेक पटक गृहमन्त्रीहरु फेरिदै गर्दा, आइजिपीहरु फेरिदै गर्दा बलात्कारीहरुलाईआज पनि सजाय भएन । आम नागरिक नेपालीकी चेली निर्मला आजपनि आँखाबाट आशु झारेर आफ्नो न्यायको भीख मागिरहेकी छिन् ।’
![](https://nigaranikhabar.com/wp-content/uploads/2024/01/Mantra-Hospital-MNR.webp)
देशमा निर्मला जस्ता चेलिहरुको न्यायका लागि सरकारले बेवास्ता गरेको उनको तर्कछ ।