Saturday, July 27, 2024

शुक्लाफाँटा–२ मा जग्गा नापजाँच सुरु

प्रकाशित:

महेन्द्रनगर । शुक्लाफाँटा नगरपालिका–२ मा जग्गा नापजाँच सुरु भएको छ । बुधबार एक कार्यक्रमका बीच नगर प्रमुख रणबहादुर महराले जग्गा नापजाँचको कार्य सुरु गरेका हुन् ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

नापजाँचको सुभारम्भ गर्दै नगर प्रमुख महराले सुकुम्बासी, अव्यवस्थित बसोबासीलगायतलाई जग्गाको स्वामित्व दिलाउन नापजाँचलाई तिब्रता दिइएको बताए।

‘नगरवासीलाई जग्गाधनी बनाउन तिब्र रुपमा नापजाँच गरिरहेका छौं,’ उनले भने, ‘३ वडामा नापी सकेर आज चौथो वडामा नापजाँच सुरु गरेका छौं।’ नगरपालिकाको वडा नं। १, ३ र ९ मा जग्गा नापजाँच सम्पन्न गरिएको छ।

वडा नं। १ मा ३ हजार कित्ता, वडा नं। ३ मा ६ सय कित्ता र वडा नं।९ मा ९ सय कित्ता नापजाँच गरिएको छ। जग्गा नापजाँच गर्ने थोरै जनशक्तिले पनि छिटो छरितो काम गरेको नगर प्रमुख महराले बताए ।

‘हामीसँग थोरै जनशक्ति छ, नापजाँचमा खटिएका कर्मचारीले मेहनतका साथ काम गर्नाले तिब्र रुपमा नापजाँच भइरहेको छ।’ वडा नं। २ मा १ महिनाभित्रै जग्गा नापजाँच सम्पन्न गरिने उनले बताए ।

सार्वजनिक जग्गाको संरक्षण गर्दै भोगचलन गरेको जग्गाको मात्रै नापजाँच गर्नुहोला,’ उनले भने, ‘नगरपालिकाको नम्स अनुसार बाटोको नाप गर्ने, खोलानाला र सार्वजनिक जग्गालाई त्यसैमा राख्नुहोला।’

नगर उपप्रमुख कल्पना पन्तले जग्गा नापजाँचमा सहजिकरण गर्न स्थानीयलाई आग्रह गरिन्। ‘नापीको क्रममा कुनै समस्या देखिएमा नगरपालिकामा जानकारी गराउनु होला,’ उनले भनिन्,‘समस्याको सामाधान गर्नेछौं, तपाईहरुले सहजिकरण गरेमा जग्गा नापजाँच छिटो हुनेछ।’

नगरपालिकाको भूमि सेवा केन्द्र प्रमुख मोहनराज फुलाराले जग्गा नापजाँच भइरहेका वडामा जग्ग खरिद बिक्रि नर्गन आग्रह गरे । ‘अहिले जग्गा खरिद बिक्री नर्गनुहोला, जग्गा खरिद बिक्रि गर्दा लालपूर्जा नपाउन सक्ने सम्भावना हुन्छ,’ उनले भने।

जग्गा नापजाँच कार्यक्रममा नगर प्रमुख महरा सहित नगर उपप्रमुख कल्पना जोशी पन्त,वडा नम्बर २ का वडाध्यक्ष बोधुराम डगौरा,वडा नम्बर ३ का वडाध्यक्ष नरेन्द्र प्रसाद चौधरी लगायतको उपस्थिती रहेको थियो ।

 

ताजा समाचार

सम्बन्धित समाचार