Saturday, July 27, 2024

कञ्चनपुरमा शिवशिखरका चार जना कर्मचारी ठगीको आरोपमा पक्राउ

प्रकाशित:

महेन्द्रनगर । ठगी गरेको आरोपमा कञ्चनपुरबाट शिवशिखर वहुउद्देश्यीय सहकारीमा कार्यरत चार जना कर्मचारलाई प्रहरीले पक्राउ गरेको छ ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

शिवशिखरको शाखा कार्यालय महेन्द्रनगरमा कार्यरत ४ जना कर्मचारीलाई ठगी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा सो सहकारीमा कार्यरत गीता शर्मा, केदारनाथ शर्मा, पुस्कर मल्ल र अमिसराज भण्डारी रहेका छन् ।

पक्राउ परेका ४ जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान अगाडी बढाएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । महेन्द्रनगर, त्रिभुवनबस्ती र बेलौरीका वचत कर्ताहरुले आफुले जम्मा गरेको रकम सहकारीका कर्मचारीले हिनामिना गरेको भन्दै जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा मुद्दा दर्ता गरेका थिए ।

सहकारी विरुद्ध कञ्चनपुरका तीन हजार ६ सय ७१ जना बचतकर्ताले मुद्दा दर्ता गराएका छन् । बचतकर्ताले जम्मा गरेको वचत रकम फिर्ता माग्दा फिर्ता नपाएपछि सहकारी विरुद्ध उजुरी दिएका हुन् ।

ठगीमा परेका बचतकर्तालाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाविरुद्ध जाहेरी दिन सूचना समेत निकालेको थियो ।

उक्त सहकारीका सञ्चालक समितिका पदाधिकारी तथा कर्मचारीहरुले बचतकर्ताको ३१ करोड ९७ लाख तीन हजार ९ सय रुपैयाँ हिनामिना गरेको बचतकर्ताको आरोप छ । भक्तपुरमा केन्द्रिय कार्यालय रहेको शिवशिखर सहकारी संस्थाका देशभरका विभिन्न ठाउँमा शाखा कार्यालय छन् ।

ताजा समाचार

सम्बन्धित समाचार